गण्डकी प्रदेशले अमेरिकाको वासिङ्टन प्रान्तसँग भगिनी सम्बन्ध गाँस्ने

सन्देश श्रेष्ठ
पोखरा । गण्डकी प्रदेश सरकारले अमेरिकाको वासिङ्टन प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गर्ने भएको छ । वासिङ्टनसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवत्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । साथै उनले भगिनी सम्बन्ध स्थापनाका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको तर्फबाट वासिङ्टन प्रान्तका समकक्षी गभर्नरलाई पोखरा भ्रमणको निम्तो पठाउने निर्णय भएको बताए ।

गण्डकी प्रदेश सरकारले कर्मचारीलाई खर्चसहित घुम्न पठाउने भएको छ । त्यसका लागि प्रदेश सरकारले बिदा पर्यटन सम्बन्धी कार्यविधी नै बनाएको छ । प्रदेशको मन्त्री परिषद बैठकले सो कार्यविधि पास गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारले आफ्ना कार्मचारीलाई घुमाउनका लागि ९० लाख रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ । जुन रकम कर्मचारीलाई घुम्नका लागि खर्च गरिने मन्त्री बस्नेतले बताए । उनका अनुसार यो आर्थिक वर्षमा कर्मचारीलाई ७ दिनको बिदा दिएर घुम्न पठाइनेछ । त्यसरी जाने कर्मचारी प्रदेशका मुख्य पर्यटकीय क्षेत्रमा पर्यटन भएर जानुपर्नेछ र होम–स्टे (घरबास)मा बस्नुपर्नेछ । पर्यटक बनेर जाने कर्मचारी पर्यटकलाई उसले पाउने एक महिनाको तलब बराबरको रकम भ्रमणका लागि दिने कार्यविधि बनेको मन्त्री बस्नेतले बताए ।

jutta mela

मन्त्री परिषद बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेको भारतको दिल्ली र गुजरातको भ्रमण स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले सामाजिक विकास सचिव दीर्घनारायण अधिकारीको चीनको हेनान प्रान्त भ्रमणपनि स्वीकृत गरेको छ ।

प्रदेश सरकारले प्रदेश सभाका लागि नया भवन बनाउने भएको छ । मन्त्री परिषद बैठकले प्रदेश सभा भवन बनाउनका लागि भौतिक पूर्वाधार मन्त्रालयले ल्याएको प्रस्ताव स्वीकृत गरेको हो । मन्त्री बस्नेतका अनुसार प्रदेश सभा भवनसँगै प्रदेश प्रशिक्षण भवनपनि निर्माण गर्ने प्रस्ताव मन्त्री परिषदले स्वीकृत गरेको छ ।

You might also like

Comments are closed.