गण्डकी प्रदेश प्रमुख र तिव्वत जनसरकार अध्यक्षबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र गणतन्त्र चिनको स्वशाषित क्षेत्र तिव्वतका जनसरकार अध्यक्ष मिस्टर कुइजालाबीच मंगलबार भेटवार्ता भएको छ । नेपाल सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा आएका कुइजालाले प्रदेश प्रमुख शेरचनलाई पोखरा सिर्जनाचोकस्थित उनकै निवास पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा तिव्वत जनसरकार अध्यक्ष कुइजालाले नेपालले लिँदै आएको एक चीन नीतिप्रति प्रदेश सरकारको धारणा मागेका थिए । साथै उनले गण्डकी प्रदेशमा हुने चीन बिरोधी गतिविधी प्रतिपनि चासो व्यक्त गरेका थिए ।

जवाफमा प्रदेश प्रमुख शेरचनले एक चिन नीति प्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए । चिनबिरुद्ध हुने कुनैपनि गतिविधि हुन नदिने विश्वास दिलाउन चाहन्छु, ‘उनले भने,‘हामी सबै नेपाली एक चिन नीतिप्रति प्रतिबद्ध छौं ।’ प्रदेश प्रमुख शेरचनले नेपालको भूमिबाट हुने चिनबिरोधी गतिविधि नेपालले रोक्दै आएको र यसलाई निरन्तरता दिन प्रदेश सरकारको तर्फबाट विश्वस्त पार्ने प्रयास गरेका थिए ।

jutta mela

प्रदेश प्रमुख शेरचनले सीमा क्षेत्रमा नेपाली र चिनियाबीच विभेद नहुने वातावरण सिर्जना गर्न आफूहरुले प्रयास गरिरहेको र तिव्वतबाटपनि यसका लागि पहल गर्नुपर्ने बताएका थिए । साथै उनले चिनले जहिलेपनि नेपाली जनताका लागि चिन्ता र चासो व्यक्त गर्दै साथ र सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका थिए ।

भेटमा तिव्वत जनसरकार अध्यक्ष कुइजालाले प्रदेश प्रमुख शेरचनलाई तिव्वत भ्रमणको निम्तो दिएका थिए । जवाफमा शेरचनले समय मिलाएर भ्रमणमा आउने बचन दिए । सो अवसरमा शेरचनले नेपालले भिजिट नेपाल २०२० मनाउने तयारी गरिरहेको भन्दै चिनियालाई नेपाल भ्रमणको निम्तो दिएका थिए । भ्रमणको निम्तो दिएकोमा प्रदेश प्रमुख शेरचनलाई धन्यवाद दिदै तिव्वत जनसरकार अध्यक्ष कुइजालाले तिव्वतीहरुलाई नेपाल भ्रमणमा पठाउनका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

नेपाल सरकारको निमन्त्रणमा आएका तिव्वत जनसरकारका अध्यक्ष कुइजालाले मंगलबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँगपनि भेटवार्ता गरे । मुख्यमन्त्री गुरुङले कुइजालाको सम्मानमा पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डमा आयोजना गरेको रात्रीभोजको अवसरमा उनीहरुबीच भेटवार्ता भएको हो । सो अवसरमा पनि गण्डकी प्रदेश र तिव्वत सरकारबीच आपसी सहयोग, सीमा क्षेत्रमा हुने अबाञ्छित गतिविधिसहित नेपालको एक चिन नीतिप्रति प्रदेशको प्रतिबद्धतालगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि मंगलबार विहान तिव्वत जनसरकार अध्यक्ष कुइजालाले फेवातालमा बोटिङ गर्नुका साथै शान्ति स्तुपाबाट दृश्यावलोकनसमेत गरेका थिए ।

You might also like

Comments are closed.