सन्देश श्रेष्ठ
पोखरा, चैत १४
गण्डकी प्रदेश सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । प्रदेश सरकारले गण्डकी प्रदेश भित्रिने सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गको प्रवेश नाकामा प्रयोगशाला स्थापना गर्ने योजना अनुरुप स्याङ्जाको गल्याङमा विहीबार पहिलो प्रयोगशाला स्थापना गरेको हो । प्रदेश सरकारले केहि दिनमै पृथ्वी राजमार्गबाट भित्रिने तनहुँको खैरहनीमा पनि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गर्ने जनाएको छ ।
गण्डकी प्रदेशमा रोगी पशुपन्छी तथा विषादीयुक्त खाद्यान्न, तरकारी र फलफूलको आयात रोक्नका लागि भनेर दक्षिणी नाका स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर १ स्थित मालुङ्गामा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको हो । प्रयोगशालाको विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
प्रयोगशाला स्थापनापछि गण्डकी प्रदेशमा अन्य क्षेत्रबाट विषादीयुक्त तरकारी, फलफूल, खाद्यान्न तथा रोगी पशुपन्छी नभित्रिने अपेक्षा गरिएको छ । अब कुनैपनि सामान गण्डकी प्रदेश भित्रिनु अघी आयातित वस्तुमा विषादीको मात्रा परिक्षण गरिनेछ भने पशुपन्छीमा रोग छ÷छैन भनेर परिक्षण गरिनेछ । यसअघी पोखराको नयाँबजारस्थित कृषि बजार उपज केन्द्रमा डेढ वर्षअघि विषादी जाँच गर्ने प्रयोगशाला स्थापना गरिएको थियो । तर हाल भने सो प्रयोगशालाको उपकरण बिगिएपछि प्रयोगशाला नै बन्द अवस्थामा छ ।
वस्तुको चेकजाँच गर्दा विषादीको मात्रा मानव स्वास्थ्यलाई असर गर्नेगरी छ कि छैन भनेर परिक्षण गरिने गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । तोकिएको मापदण्ड भन्दा बढी विषादी वा रोगी पशुपन्छी भए रोकिने बताउँदै गण्डकी प्रदेश कृषि महाशाखा प्रमुख माधव लम्सालले भने,‘अब हरेक वस्तुको विषादीको मात्रा परिक्षण गरिन्छ, परिक्षणमा मापदण्ड भन्दा बढी विषादी प्रयोग गरिएका वस्तु भेटिए तत्काल नष्ट गरिन्छ ।’ उनले रोगी खसी, बोका, भैंसी, राँगा तथा कुखुरा, हाँसलगायतका मासुजन्य पशुपन्छी रोगी पाइएमा पनि नष्ट गरिने बताए ।
हाललाई तरकारी र फलफूलको परीक्षण गर्ने प्रयोगशालाको रुपमा प्रयोग गरिएपनि आगामी वर्षमा प्रदेशको आन्तरिक क्यारेन्टाईन चेक पोष्टको रुपमा विकास गरिने कृषि महाशाखा प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार प्रयोगशालामा तरकारी र फलफूलको नमूना लिएर पेस्टिसाइट ¥यापीड रेसीड्युको सहयोगमा प्रशोधन गरेर त्यसको परीक्षण गरिनेछ । परिक्षणको नतिजा आधा घण्टा भित्रमा प्राप्त हुने उनले बताए । यद्वपी तत्काल परिक्षण गर्ने यन्त्र नआइसकेकाले कर्मचारीले नाङ्गो आँखाले हेरेर पहिचान गर्ने बताइएको छ ।
प्रयोगशाला स्थापनाका लागि १४ रोपनी ८ आना शुन्य पैसा २ दाम जग्गा छुट्याइएको छ । तत्काल एउटा पुरानो भवन भाडामा लिएर कार्यालय राखिएको छ भने आगामी वर्ष व्यवस्थित कार्यालय स्थापना गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले बताए । उनका अनुसार कार्यालय स्थापनाका लागि प्रदेश सरकारले आगामी वर्ष बजेट बिनियोजन गर्नेछ । चालु आर्थिक वर्षमा भने प्रयोगशाला स्थापनाका लागि एक करोड रुपैया बजेट बिनियोजन गरिएको छ । प्रयोगशालामा ७ जनाको दरबन्दी रहेको छ । तर हाल कर्मचारी समायोजन नभइसकेकाले हाल ३ जना मात्रै रहनेछन् ।
प्रयोगशालाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रयोगशाला निर्माणपछि विषादीमुक्त तरकारी, फलफूल तथा रोगमुक्त पशुपन्छी भएको प्रदेश बनाउने बताए । कालिगण्डकी जस्तो पवित्र भूमिबाट प्रयोगशाला स्थापना गर्नेजस्तो पवित्र काम शुरु भएको बताउँदै उनले भने,‘हाम्रो प्रदेशलाई शुद्ध प्रदेश, शान्त प्रदेश, समृद्ध प्रदेश र सभ्य प्रदेश बनाउनका लागि यो कार्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ विकृति, विंसंगति, विषादी सबै कुरा अपवित्र काम भएको बताउँदै उनले थपे,‘मान्छेको स्वास्थ्यमा हानी पु¥याउने काम, समाजमा हानी पु¥याउने काम, नोक्सान पु¥याउने काम हुन्छ, यी सबै कृषिको क्षेत्रबाट, पशुपालनको क्षेत्रबाट जे जे हानी पु¥याउने काम हुन्छ ति सबैको अन्त्य गर्नका लागि प्रयोगशालाको भूमिका महत्वपूर्ण हुन्छ ।’ उनले प्रयोगशाला भवन निर्माण र परिक्षणका लागि आवश्यक उपकरण खरिदका लागि आगामी वर्ष बजेट बिनियोजन गर्ने बताए । तर काम भने प्रभावकारी रुपमा गर्न उनले आग्रह गरे ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले अबदेखी गण्डकी प्रदेशबासीले स्वस्थ खानेकुरा खान पाउने बताए । आयातित वस्तुको परिक्षण कडाईका साथ गरिने बताउँदै उनले भने,‘अबदेखी गण्डकी प्रदेशबासीले स्वस्थ फलफूल, अण्डा, तरकारी, खाद्यान्न, माछा, मासु खान पाउँछन् ।’ विषादीयुक्त खानेकुरा र रोगी पशुपन्छीका मासुको प्रयोग मानव स्वास्थ्यसँग जोडिएकाले सबैले स्वस्थ खानेकुरा खान पाउन् भनेर प्रयोगशाला स्थापना गरिएको उनले स्पष्ट पारे । गण्डकी प्रदेश सरकार गण्डकी प्रदेशबासी जनताको स्वास्थ्यप्रति चिन्तित रहेको बताउँदै त्यसैको फलस्वरुप प्रयोगशाला स्थापना गरेर स्वस्थ खाद्यान्न, तरकारी, फलफूल तथा माछा, मासु आउने वातावरण सृजनाको लागि प्रयोगशाला स्थापना गरिएको उनको भनाई थियो ।
मन्त्री थापाले विषादी र रोगी वस्तुको आयातमा कडाई गर्दा तस्करहरुसँग झडप हुनसक्ने बताए । सम्पूर्ण जनताको स्वास्थ्य राम्रो गर्न खोज्दा केहि तस्करलाई पाच्य नहुने बताउँदै उनले भने,‘भोलि विषादीयुक्त वस्तु र रोगी पशुपन्छी ल्याउन पाउनुपर्छ भन्दै तस्करहरु झडप गर्न आउन सक्छन्, त्यतिबेला सरकारलाई सहयोग गर्नुस्, किनकी प्रदेश सरकारले तपाईं जनताकै स्वास्थ्य बचाउनका लागि यो प्रयोगशाला स्थापना गरेको हो ।’
तरकारीमा विषादीको निशेधदर ३५ प्रतिशत भन्दा बढी भएमा खान योग्य मानिदैन । विषादीको निशेध दर ४५ प्रतिशत भन्दा बढी भेटिएमा तत्काल नष्ट गर्नुपर्ने र विषादीको निशेध दर ३५ देखि ४५ प्रतिशतसम्मको बिच भएमा चिस्यान केन्द्रमा राखेर पखालेर मात्रै खान उपयुक्त हुने बताईन्छ । गण्डकी प्रदेशको राजधानी पोखरा नयाँबजारस्थित कृषि उपज थोक बजार केन्द्रमा दैनिक १०० देखी १२० मेट्रिक टनसम्म तरकारी भित्रिने गरेको बताईन्छ । त्यस्तै फलफूल दैनिक ७० देखी ८० मेट्रिक टन आउने गरेको छ । गण्डकी प्रदेशमा पृथ्वी राजमार्ग नाकाबाट धादिङ, चितवन, मकवानपूर, सर्लाही, झापा, मोरङ, सुनसरी, सप्तरीलगायतका जिल्लाबाट तरकारी, फलफूल तथा पशुपन्छीको आयात हुनेगर्छ । त्यस्तै दक्षिणी नाका सिद्धार्थ राजमार्गबाटरुपन्देही, कपिलबस्तु, पाल्पालगायतका जिल्ला तथा सुनौली र कृष्णनगर भन्सारबाट फलफूल, तरकारी तथा पशुपन्छी भित्रिने गरेको छ ।
Comments are closed.