गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

सन्देश श्रेष्ठ

पोखरा, । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन पुष २३ गतेबाट शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन वर्खे अधिवेशन अन्त्य भएको ३ महिना ९ दिनपछि पुष २३ गतेबाट आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गरेको हो ।

प्रदेश सरकारको हालै बसेको २५ औं मन्त्री परिषद बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठक पुष २३ गते पूर्वाह्न ११ बजे आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ । प्रदेश सरकारले सिफारिस गरे अनुसार प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने प्रावधान रहेको छ । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन गत असोज १४ गते अन्त्य भएको थियो ।

गण्डकी प्रदेश सरकारले सुस्तापूर्व नवलपुर वर्दघाटमा सञ्चालनमा आउन लागेको धौवादी फलाम खानीमा शेयर लगानी गर्ने भएको छ । प्रदेश सरकारको मन्त्री परिषद बैठकले फलाम खानीमा कुल लगानीको ३ प्रतिशत अर्थात १२ करोड शेयर लगानी गर्ने नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावलाई स्विकृत गर्दै धौवादी फलाम खानीमा लगानी गर्ने निर्णय गरेको हो । साथै प्रदेश सरकारले थप ४८ करोड शेयर लगानी गर्न चाहेको भन्दै नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारले प्रदेशका विभिन्न भवनहरु बनाउनका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई प्रदेश भवन निर्माण सम्बन्धी विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक स्विकृति दिएको छ । त्यस्तै प्रदेश सिंचाई सम्बन्धी विधेयकको मस्यौदा तयार गर्नपनि सरकारले सैद्धान्तिक स्विकृति दिएको छ ।

You might also like

Comments are closed.