गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

 

पोखरा ।

गण्डकी प्रदेश सरकारले आज आइतबार नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷७८ को निती तथा कार्यक्रम आज अपराह्न ३ बजे ल्याउन लागेको हो ।

jutta mela

गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यसअघी बुधबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार प्रदेशको नीति तथा कार्यक्रम ल्याउने मिति तय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले कोरोना केन्द्रीत नीति तथा कार्यक्रम ल्याउने यसअघी नै जनाइसकेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना केन्द्रीत गर्ने बताएका थिए । उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगै यसबाट उत्पन्न परिस्थितिसँग जुध्नका लागि पर्याप्त कार्यक्रम र बजेट ल्याइने बताएका छन् । उसो त प्रदेश सभा सदस्यहरुलेपनि बजेटलाई कोरोना केन्द्रीत गर्न र स्वास्थ्यलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

You might also like

Comments are closed.