गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि

पोखरा । गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबारदेखि पोखरामा हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता असार २७ गतेसम्म पोखरा रंगशालामा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीले सहभागिता जनाउने जनाइएको छ । ४८ स्वर्ण, ४८ रजत र ६० काश्य पदक गरी कुल १५६ पदकका लागि प्रतिष्पर्धा हुनेछ । जसका लागि ९ सय १३ जना खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार १३२ जना अफिसियल पनि प्रतियोगितामा सहभागि हुनेछन् ।

प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरेर काठमाडौंमा हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराइने श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विहीबार पोखरा रंगशालामा गर्ने कार्यक्रम रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने जिल्लालाई २० हजार, द्वितीय हुने जिल्लालाई १५ हजार र तृतीय हुने जिल्लालाई १० हजारसहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.