गण्डकी बहुप्राविधिक शिक्षालय सँग सहकार्य गर्न तयार छौं : अटोमोवाईल व्यवसायी

पोखरा ।
पोखरा महानगरपालिकाले   डिप्लोमा ईन अटोमोबाईल ईन्जिनियरिङ कोर्ष शुरु गर्न लागेकोमा पश्चिामाञ्चल अटोमोबाईल डिलर्स एसोसिएनले  खुसी व्यक्त गरेको हो ।

यस क्षेत्रमा अटोमोवाईल इन्जिनियरको अभाव खड्किरहेको समयमा शिक्षालयले अटोमोवाईल ईन्जिनियरको माग पुरागर्ने अपेक्षा आफुहरुले गरेको एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरले बताए । महानगरले उत्कृष्ट कार्य गरेकोमा व्यवसायीले खुसी व्यक्त गर्दै सहकार्य गरेर अगाडी बढ्न एसोसिएसन तयार रहेको उनले बताए ।

विद्यार्थीलाई सो कोर्ष अध्ययन गरी भविष्य सुरक्षित गर्न पनि एसोसिएसनले विज्ञप्ती मार्फत आव्हान गरेको छ ।

jutta mela

You might also like

Comments are closed.