पोखरा, ३० साउन । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । जसमा ग्राहकले घर÷जग्गा खरिद गर्न र घर निर्माण गर्नको लागि पाँच लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने, ब्याज मात्र तिरे पुग्ने रहेको छ र कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिने छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाममा बैंकमार्फत जीवन बिमा गराउनु पर्नेछ । बिमा अवधि पश्चात ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने छन् ।
यस प्रकारको योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने छ । यस प्रकारको सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकले उल्लेख गरेको ।
बैंकको पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा ५ वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा आउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
Comments are closed.