गण्डकी विकास बैंक र युनियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

पोखरा । गण्डकी विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशमबहादुर थापा र युनियन लाइफका सीइओ मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भए पश्चात युनियन लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकासको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
गण्डकी विकासले ६८ शाखा कार्यालय मार्फत पूर्णकालीन बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकका लागि आर्कषक ब्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गरिरहेको थापाले बताए ।

You might also like

Comments are closed.