गरिमाको वार्षिक साधारणसभा सम्पन्न, अधिकृत पुँजी ५ अर्ब बनाइने

आर्थिक आवाज
पोखरा । गरिमा विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनाथ ०.८५ प्रतिशत नगद लाभांशवितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ । साधारणसभाको लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७६ मंसिर १२ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय छन् । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।

You might also like

Comments are closed.