गरिमा र सेञ्चूरी बैंक बीच रेमिट सम्झौता

पोखरा, २८ असार ।

गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । असार २८ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सेञ्चुरी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ११० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.