गरिमा विकास बैंकका ग्राहकलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा विशेष छुट

आर्थिक आवाज
पोखरा । गरिमा विकास बैंकका ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौता पत्रमा हालै हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात गरिमा विकास बैंकका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउ¤दा विशेष छुट प्राप्त गर्ने छन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकका काठमाडौं उपत्यकामा ८ वटा शाखा कार्यालय सहित देशभर ७६ शाखा कार्यालय छन् । बैंकले निकट भविष्यमा देशका विभिन्न १५ स्थानमा थप शाखा कार्यालयहरु स्थापना गर्दैछ ।

You might also like

Comments are closed.