गरिमा विकास बैंकको ६ नयाँ शाखा शुभारम्भ

पोखरा, ६ फागुन ।

गरिमा विकास बैंकले आईतबार चितवनको टाडी र कञ्चनपुरको महेन्द्रनगरमा शाखा संचालनमा ल्याएको छ । टाडी शाखा कार्यालयको रत्ननगर नगरपालिकाकानगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिलाचन्द सिंहले शुभारम्भ गरेका थिए ।

बैंकले आईतबारबाट टाडी र महेन्द्रनगर संग संगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नया शाखासञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले जानकारी दिए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने विकास बैंकले निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जा पर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्ने तयारी रहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

You might also like

Comments are closed.