गरिमा विकास बैंकको शाखा तालचोकमा

आर्थिक आवाज
लेखनाथ । गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका २७ स्थित तालचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले लेखनाथ क्षेत्र लगानीका लागि राम्रो सम्भावना बोको ठाउँ भएको बताए । बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पर्यटकीय तथा अन्य व्यावसायिक दृष्टिले सम्भावना बोकेको पोखराको लेखनाथ क्षेत्रमा शाखामार्फत स्तरीय बैंकिङ सेवा प्रदान गरिने बताए ।

jutta mela

शाखाले सर्वसाधारण लगायत साना मझौला तथा ठुला व्यावसायिक क्षेत्रको विकास र विस्तारको लागि आवश्यक पुँजी उपलब्ध गराई लेखनाथ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गरिने बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, बैंकका सञ्चालक श्यामप्रसाद बस्याल, शाखा प्रवन्धक सूर्य रानाभाट लगायतले बोलेका थिए ।

बैंकले काठमाडौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्ट मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए । विकास बैंकले २०७६ कात्तिक २३ गतेसम्म ३६ रुपैयाँ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.