‘गाडीमा युजर म्यानुअल अनुसारको लुब्रिकेन्ट राख्नु राम्रो हुन्छ’

त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट र ग्लोब्याट ब्याट्रीको नेपालका लागि आधिकारिक वितरकको कार्य गर्छ । पेट्रोनस मलेसियन कम्पनी हो र यसको एक सय वर्ष पुरानो इतिहास छ । गुणस्तरको हिसाबले यो लुब्रिकेन्ट विश्वमै नम्बर १ मा आउछ । पेट्रोनसले ड्रिलिङदेखि लिएर फिनिसिङ कोर्ससम्म आफ्नै प्रणाली प्रयोग गर्छ । जस्तो कि यसको बेस आयल आफ्नै छ । एडिटिभ्स आफ्नै छ । यसको ग्यास, पेट्रोल, लुब्रिकेन्ट्स आदि सबैका लागि लुब्रिकेटिङ फर्मुला आफ्नै छ । पेट्रोनसलाई विश्वकै लिडिङ आयल मान्न सकिन्छ । विश्वमा फुटबल प्रतियोगिता भए जस्तै बाइकहरुको प्रतियोगिता मोटोजीपी हुन्छ । ठूला गाडीहरुको प्रतियोगिता डकार ¥याली हुन्छ । संसारकै सबैभन्दा महंगो गेम मानिने कारहरुको रेसिङ फर्मुला वान हुन्छ । यस्तो फर्मुला वान रेस विगत ५ वर्ष यता लगातार पेट्रोनसले जितेको छ । त्यसैले पेट्रोनसलाई वैकल्पिक रुपमा ‘विनिङ फर्मुला’ समेत भनिन्छ । यसैक्रममा त्रिथुंगा ट्रेडिङ कन्सर्नका बारेमा केन्द्रित रहेर प्रवन्ध निर्देशक शिशीर सुवेदीसँग आर्थिक आवाजले गरेको कुराकानी :

नेपाली बजारमा पेट्रोनसको कारोबार कस्तो छ ?
हामीले नेपालमा करिव ७ वर्ष पहिले सन् २०१३ देखि आधिकारिक वितरकको रुपमा कार्य गरिरहेका छौ । हामीले यो अवधिमा प्रत्येक वर्ष ४० प्रतिशतको दरले बढी बिक्री गरिरहेका छौं । गत वर्ष हामीले ६ सय ५० केएल कारोबार ग¥यौं । आगामी वर्ष यसलाई एक हजार केएल पु¥याउने लक्ष्य छ । ग्राहक र सहयोगी साथीहरुले पेट्रोनस रुचाएको कारणले नै हामी यो अवस्थामा आउन सफल भएका हौं । ग्राहकले नरुचाउने र उत्पादनको पर्फमेन्स पनि राम्रो नहुने हो भने हामीलाई पनि समस्या हुन्थ्यो । कुनै पनि गाडीमा यो इन्जिन आयल हाल्दा अन्य आयलको तुलनामा करिब डेढ गुणा राम्रो पर्फमेन्स ग¥यो भनेर स्पष्ट जानकारी आएको छ । मेकानिक्स र सवारी साधन प्रयोगकर्ताहरुले अन्य आयल हाल्दा ५ सय किलोमिटरमै आयल खाने गरेको, तर पेट्रोनस राख्दा ६ सय, ७ सय किलोमिटर चलेको बताएका छन् । उत्पादनप्रति विश्वास र पर्फमेन्सप्रति सन्तुष्टी भए पछि स्वचालित रुपमा बजार पनि बढ्ने रहेछ ।

हामीले सञ्चार माध्यमहरुमा बिज्ञापन नगरे पनि माउथ पब्लिसिटीकै आधारमा यति प्रतिफल प्राप्त भएको हो । प्रोडक्टले पर्फमेन्स राम्रो गरेकैले यस्तो सम्भव भएको हो । हामीलाई थाहा छ पेट्रोनस भनेको फर्चुन ५०० कम्पनी मध्ये ६० भन्दा तल पर्ने कम्पनी हो । मलेसियन सरकारको ५० प्रतिशत भन्दा जीडीपी यही कम्पनीले धानेको छ । यस्तो कम्पनीको उत्पादन नेपाली ग्राहकलाई उपलब्ध गराउन पाउदा हामी पनि निकै खुसी छौं ।

jutta mela

पेट्रोनसका धेरै रेन्ज मध्ये सबैभन्दा बढी खपत कुन रेन्जमा छ ?
हरेक सेगमेन्टका उत्पादन उत्तिकै गुणस्तरीय र पर्फमेन्सयुक्त छन् । अटोमेटिक गियरमा चल्ने बाइकदेखि ठूला उद्योग र कन्स्ट्रक्सन, माइनिङ, हेभी इक्विपमेन्ट, लाइट कमर्सियल गाडीदेखि प्यासेन्जर सेगमेन्टका कारसम्म सबैका लागि कम्प्लिट पेट्रोलियम सोलुसन पेट्रोनससँग छ । हालसम्म हामीले बाइक, प्यासेन्जर कार र कमर्सियल गाडी गरी अटोमोटिभ लुब्रिकेन्टमा ध्यान केन्द्रित थियो भने अब हामी इन्डष्ट्रियल र कन्स्ट्रक्सनमा पनि उत्तिकै ध्यान केन्द्रित गर्दैछौं । विश्वका कहलिएका गाडी कम्पनीहरुको ओईएमको रुपमा पेट्रोनस छ ।

बजारमा धेरै प्रकारका लुब्रिकेन्ट छन् र ग्राहक झुक्किने अवस्था पनि छ । यो अवस्थामा ग्राहकहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
महंगो मूल्य तिरेर गाडी किनिसके पछि कुन ब्रान्डको लुब्रिकेन्ट राख्दा फाइदा हुन्छ भनेर जानकारी राख्नु आवश्यक छ । बजारमा भएका लुब्रिकेन्ट उस्तै लागे पनि धेरै फरक हुन्छ । हवाईजहाज चलाउनेले युजर म्यानुअल पढेर चलाउने हुनाले दुर्घटना कम हुन्छ । त्यसैगरी गाडी चलाउनेले पनि युजर म्यानुअल अनुसारको लुब्रिकेन्ट राख्नु राम्रो हुन्छ । यति मात्र गरे पनि धेरै स्पेयर पार्ट्सको रकम जोगिन्छ ।

बजारमा प्रतिस्पर्धा छ । स्किम र अफरको चलन धेरै छ । पेट्रोनसको हकमा के छ ?
एकदमै सान्दर्भिक कुरा हो यो । बजारमा धेरैले गुणस्तर होइन, मूल्य बिक्री गरिरहेका छन् । सस्तो मूल्य भनेर गुणस्तरहीन लुब्रिकेन्ट बिक्री गरिरहेका छन् । पेट्रोनसले प्रयोग गर्ने एडिटिभ्स सेमी सिन्थेटिक बराबर छ । मिनरल प्रयोग गर्दा पनि यस्तै सुविधा पाइन्छ । यो विश्वकै बेस्ट लुब्रिकेन्ट भएकाले लोकप्रिय छ । हाल हात हातमा मोबाइल भएको समयमा यसको वारेमा सबै जानकारी लिन पनि सकिन्छ । लुब्रिकेन्ट गाडीको लागि रगत हो । स्वस्थ रगत भएमा मात्र स्वास्थ्य राम्रो हुन्छ । त्यसैले स्वस्थ लुब्रिकेन्ट राख्नु राम्रो हुन्छ । यही कुरा हामीले बुझाइरहेका छौं ।

You might also like

Comments are closed.