गीतसंगीत र मनोरञ्जनको साथमा पोखरामा एजुकेसन फेयर हुँदै

आर्थिक आवाज
पोखरा, ४ जेठ

पोखरामा ‘द ग्राण्ड कन्सर्ट एण्ड एजुकेसनल फेयर’ हुने भएको छ । गीतसंगीत, मनोरञ्जनको साथमा परामर्श सेसनसहित जेठ २५ गते शनिबार कार्यक्रम हुने आयोजक संस्था फिन्याफी इभेन्ट म्यानेजमेन्ट ग्रुपका इभेन्ट म्यानेजर बालचन्द्र परियारले जानकारी दिए । इभेन्ट म्यानेजमेन्ट कम्पनीको इन एसोसिएन विथ पाइथागोरस एजुकेसन कन्सल्टेन्सी हो ।

पोखरा सभागृह हलमा बिहान १० देखि साँझ ५ बजेसम्म कार्यक्रम हुने परियारले जानकारी दिए । अभिभाबक, विद्यार्थी र विदेशी कलेजका प्रतिनिधिलाई एउटै थलोमा जमघट गराएर कार्यक्रम गरिने उनले बताए । ‘कार्यक्रमको मुख्य आकर्षण कर्ण दासको स्वर बन्नेछ,’ परियारले भने, ‘फरक शैलीमा फेयर आयोजना गर्ने लागेका छौं ।’ राष्ट्रिय तथा स्थानीय अन्य कलाकारहरुको प्रस्तुति पनि रहने बताइएको छ । कार्यक्रममा गायक कर्णदास, शैक्षिक परामर्श संघ कास्कीका सचिव रुद्रप्रसाद अर्याल, फिन्याफी इभेन्ट म्यानेजमेन्ट ग्रुपका सचिव सुशील नेपाली लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.