गुडिया बनाउन सिक्दै दलित तथा बिपन्न वर्गका महिलाहरु

आर्थिक आवाज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ को आयोजनामा गुडिया बनाउने तालिम सुरु भएको छ । उत्थानशील (दलित) महिला सञ्जाल पोखरा १४ का महिलाहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।

१२ दिनसम्म सञ्चालन हुने तालिमको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले सिप सिकेर आत्मनिर्भर बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।

विधाता हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रमुख प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारेमा आयआर्जन गर्न सकिने बताइन् । सञ्जालकी अध्यक्ष शोभा वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सचिव अर्जुन सुवेदी, वडा सदस्य सुनकमली वि.क., शहरी स्वास्थ्य केन्द्रका रक्षा पोखरेल लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष तनुजा नेपालीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन भीमादेवी विकले गरेकी थिइन् । गुडिया र कुसन बनाउन सिकाइने उक्त तालिममा ४५ जना सहभागी छन् । दलित तथा पीछडिएका महिलाहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।

You might also like

Comments are closed.