गुड्नेमात्रै होइन, अब उड्ने बाइक, मूल्य र विशेषतासहित

अब जमिनमा गुड्ने मात्र होइन, आवश्यकता अनुसार हावामा उड्ने समेत बाइकको विकास भएको छ । लाजारेथ एलएम–८४७ नामक उक्त फ्लाइङ मोटरसाइकललाई फ्रेन्च कस्टम कार तथा मोटरसाइकल निर्माता कम्पनी लुडोभिक लाजारेथले तयार गरेको हो ।
सो मोटरसाइकललाई सबैभन्दा पहिले दुबई अटो शोमा प्रदर्शन गरिने छ । यसको मूल्य ५ लाख ६० हजार डलर अर्थात करिब ६ करोड रुपैयाँ पर्छ ।

बटन दबाउदा उड्छ बाइक
सडकमा चलाउदै गर्दा जाम भयो भने यसलाई उडाएर अर्को स्थानमा पु¥याउन सकिन्छ । यसमा भएको एक बटनलाई थिचेपछि यो राइड–टु–फ्लाई मोडमा जान्छ । त्यसपछि करिब ६० सेकेन्डभित्र यो जमिनबाट माथि जान्छ र अर्को स्थानमा पुग्छ ।

जेट इन्जिनको प्रयोग
सो मोटरसाइकलमा चारवटा पांग्रा छन् र बीच बीचमा जेट इन्जिन छ । त्यसैगरी यसको च्यासिसको बीच भागमा पनि दुई वटा जेट इन्जिन राखिएको छ, जसले गर्दा धेरै वजन भएको समयमा पनि यसलाई चलाउन सकिन्छ । यसको निर्माणका आधारमा यसलाई जेट पावर्ड क्वाडकोप्टर पनि भन्न सकिन्छ ।

सफल भयो परीक्षण
१४० किलोग्राम वजन भएको सो बाइकको परीक्षण सफल भएको छ । परीक्षणको समयमा यसलाई १ मिटर अर्थात करिब ३.३ फुट उचाईसम्म उडाइएको थियो । त्यसपछि यसको तस्बिर सार्वजनिक गरिएको हो ।

You might also like

Comments are closed.