गुफामा भारतीय पर्यटकको संख्यामा वृद्धि

पोखरा । पोखराकै प्रसिद्ध महेन्द्र गुफा र चमेरे गुफामा भारतीय पर्यटकको संख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुफामा मात्रै ८४ हजार ६ सय १२ जना र चमेरे गुफामा ४२ हजार ८ सय ५४ जना पर्यटक भित्रिएको सचिवालयका अप्रेशन म्यानेजर शिशीर पौडेलले जानकारी दिए ।

अघिल्लो आ.व २०७४/७५ मा भन्दा यस आ.वमा दुवै गुफामा गरी २६ हजार ७ सय ३० जना भारतीय पर्यटकको संख्यामा वृद्घि भएको हो । यस आ.वमा स्वदेशी र विदेशी पर्यटकको संख्या केही घटे पनि सार्क मुलुक मध्ये भारतबाट आउने पर्यटकको संख्या वृद्घि भएको पौडेलले वताए । यस आ.वमा दुवै गुफाबाट ३ करोड भन्दा बढी आम्दानी समेत भएको छ । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण पनि आम्दानी सँगसँगै खर्चमा पनि वृद्घि भएको बताइएको छ ।

वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजना समेत निर्माण भएको छ । गुफा क्षेत्रलाई थप आकर्षित वनाउन गुरुयोजना अनुसार नै काम शुरु गरिने महेन्द्र गुपmा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ वञ्जराले बताए ।

jutta mela

पर्यटकको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको गुफामा अव छिट्टै फ्रि वाई फाई सेवा संचालनमा ल्याइने वञ्जराले जानकारी दिए । गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफूहरुले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । ‘गुफाको भौतिक विकाससँगसँगै, त्यस क्षेत्रको सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरेका छौं,’ उनले भने ।

त्यस क्षेत्रको फोहर व्यवस्थापनको लागि विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टविन राख्ने कार्य समेत भएको छ । गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा ५० लाख रुपैयाँ विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताइन् । गुरुयोजना अनुसार सबै कार्य सम्पन्न गर्न भने केही समय लाग्ने उनको भनाई छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष मनाइरहँदा बाह्य पर्यटकको आगमन वृद्घि हुनुले पनि पर्यटन क्षेत्रमा उत्साह थपेको बताइएको छ ।

You might also like

Comments are closed.