गुरुङ चलचित्र ‘सवन मु’ दमौलीमा प्रदर्शन

तनहुँ, २८ बैशाख
भकारी इभेन्टस प्रालिको प्रस्तुति गुरुङ चलचित्र ‘सवन मु’ शनिवार दमौलीमा प्रदर्शन गरिएको छ । ‘सवन मु’ २०३६ सालदेखि २०४६ साल अवधि भएका राजनीतिक परिवर्तन र तत्कालीन समयमा गुरुङ समुदायमा परेको मनोवैज्ञानिक प्रभावलाई मुख्य विषयवस्तु बनाएर कथा लेखिएको चलचित्र हो ।

चलचित्रमा १५ प्रतिशत मात्र संवादको प्रयोग गरिएको छ । “संवादलाई भन्दा आर्ट अफ फिक्सनलाई बढी प्रथामिता दिएको गुरुङ भाषाको चलचित्र पनि सबैले सजिलै बुझन सक्ने गरी आर्टको प्रयोग गरिएको हुदाँ गुरुङ भाषी बाहेक अन्य जातजातीले हेरेका थिए ।

चलचित्र ९५ प्रतिशत कथावस्तु २०३६ देखि एक दशकको समयावधिमा गुरुङ समुदायमा परेको सामाजिक प्रभावमा आधारित छ भने ५ प्रतिशत मात्र प्रेमकथा रहेको छ । रमाइलोको लागी मात्र भन्दा पनि विगतलाई नयाँ पीडि सामु छर्लङ्ग पार्न र कला, संस्कृतिमा भित्रिएका विकृति र विसंगतीको विश्लेषणात्मक अध्ययनको उद्देश्यले चलचित्र निर्माण गरेको चलचित्रका लेखन÷निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए । २ घण्टा ३१ मिनेटको उक्त चलचित्र पर्वत जिल्लाको देउपुर र लाङदी गाउंमा परिवेशमा छायाँकंन गरिएको छ ।

 चलचित्रमा निशा गुरुङ, विश्वात्मा गुरुङ,तारा गुरुङ, बिष्णु गुरुङ, राम बहादुर गुरुङ,दिपा गुरुङ, डि बि गुरुङ,पूर्ण गुरुङ, आमिर गुरुङ,गल गुरुङ, राजेन्द्र थापा,कमल भुजेल,सचिन थापा, अनिता गुरुङ बाल कलाकार आरुशी गुरुङ लगायत १४ जना कलाकारहरुको अभिनय देख्न पाइन्छ ।

रामबहादुर तमु (पोखरा), दिपा तमु (हङकङ) र प्रेमबहादुर तमु निर्माता रहेको चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा पुर्ण तमु र अनिता तमु, निर्माण व्यवस्थापकमा मिनु तमु र सपना तमु, कार्यालय सहायकमा श्रुतिका तमु रहेका छन् ।

पोखरा, दमौली, दुलेगौडामा प्रदर्शन पश्चात क्रमश चितवन, नवलपरासी, बुटवल, काठमाडौं र नेपाल बाहेक विभिन्न मुलुकमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक गुरुङले जानकारी दिए । राजनैतिक घटनाक्रम र इतिहाससँगै गुरुङ समुदायको भेषभुषा भाषासंस्कृतिसँग जोडिएको विषय उठान गरिएकोले चलचित्रको विषयवस्तु बालबालिका, युवादेखी वृद्धवृद्धाले समेत निकै मन परेको प्रतिक्रिया दिएका थिए ।

You might also like

Comments are closed.