गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीले गर्यो कर्मचारीको कोरोना बीमा

पोखरा ।
गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीले सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरेको छ । कम्पनीको सवै शाखामा रहेका ४८ जना कर्मचारीको बीमा गरिएको संचालक चिनु गुरुङले जानकारी दिईन् । कर्मचारीको स्वास्थ्यलाई ख्याल गरेर बीमा गरिएको उनले बताईन् ।

एकेडेमीकोे शनिवार बसेको बैठकले कर्मचारीको बीमा गर्ने निर्णय गरेको हो ।

प्रत्येक सदस्य १ लाख रुपैयाँँ बरावरको बीमा एकेडेमीले गरेको छ । शिखर ईन्स्योरेन्स मार्फत कम्पनीले बीमा गरेको हो । एक कार्यक्रमका बिच इन्स्योरेन्सका शाखा प्रमुख शिव सुवेदीले एकेडेमीका संचालक चिनु गुरुङलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

jutta mela

You might also like

Comments are closed.