गैह्रापाटन नेवाः समाजमा विनोद द्वा

पोखरा, ३० चैत । गैह्रापाटन नेवाः समाजको अध्यक्षमा विनोद द्वा निर्वाचित भएका छन् । शनिबार आयोजित नयाँ वर्ष शुभकामना आदान प्रदान तथा निर्वाचन कार्यक्रमबाट सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ र कमला श्रेष्ठ, सचिवमा किरण तामारी, कोषाध्यक्षमा अन्जय श्रेष्ठ, सहसचिवमा सुरेश श्रेष्ठ तथा सहकोषाध्यक्षमा डम्मरकुमारी श्रेष्ठ निर्वाचित भए । सदस्यहरुमा ईन्द्रलाल श्रेष्ठ, महेश्वरी श्रेष्ठ, सुजा श्रेष्ठ, रोशनी श्रेष्ठ, सुमित श्रेष्ठ, रुपनारायण श्रेष्ठ र माया श्रेष्ठ छन् । संस्थाको सल्लाहकारमा राजेन्द्रकुमार श्रेष्ठ, सुरेशप्रसाद श्रेष्ठ र मोतिमान शाक्य मनोनित भएका छन् ।

संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संस्थाको विद्यान, वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन पारित गरेको छ । नेवा समाजले दुई वर्षको लागि चयन गरेको समितिले तायमचा नाँच, समयबजि कार्यक्रम, सरसफाई, विभिन्न पर्वहरु तथा सदस्यहरुबीच सहयोग आदान प्रदान तथा वार्षिक पूजा कार्यक्रम गरिने बताइएको छ ।

You might also like

Comments are closed.