गोलकिपर लिम्वुको नायकत्वमा एपीएफलाई पराजित गर्दै झापा बिजयी

सन्देश श्रेष्ठ
पोखरा । गोलकिपर राजकुमार लिम्वुको नायकत्वमा झापा ११ फुटबल क्लव पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा बिजयी भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ झापा ११ फुटबल क्लबसँग पेनाल्टी सुटआउटमा ५÷३ गोल अन्तरले स्तब्ध पार्दै झापाले बिजयी शुरुवात गरेको हो ।

भाग्यमानी झापासँग एपीएफले निर्धारित ९० मिनेटको समय गोलरहित र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटको समय १÷१ को बराबरी खेलेको थियो । निर्धारित समय र थपिएको ३० मिनेटको समय बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा एपीएफका सुदीप शिख्रकारले गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल झापाका गोलकिपर राजकुमार लिम्वुले रोकेपछि झापा बिजयी भएको हो । झापाका ५ जनामा पाँचै जनाले गोल गरे भने एपीएफका ४ जनाले पेनाल्टी प्रहार गरेकोमा ३ जनाले मात्रै गोल गरे । पेनाल्टीमा झापाका कप्तान अंकुर तामाङ, मौसम लिम्बु, प्रमोद चौधरी, हेमन्त थापामगर र विशाल दर्जीले गोल गरे । त्यस्तै, पराजित एपीएफका तर्फबाट नवीन लामा, राजिव लोप्चन र राजु नगरकोटीले गोल गरे ।

jutta mela

निर्धारित समयपछि थपिएको अतिरिक्त ३० मिनेटको अन्तिम मिनेट सम्हालिन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । झापाले खेलको १११ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । आक्रामक खेल खेलेको एपीएफ सामु दवाबमा खेलिरहेको झापाका लागि सुनिल खड्काले गोल गर्दै झापालाई जितको सम्भावना देखाए । उनले अभिषेक गुरुङको पासमा कडा प्रहार गर्दै बललाई जाली चुमाए ।

एक गोलले पछि परेपछि थप आक्रामक बनेको एपीएफले खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो । एपीएफका लागि आकाश बुढामगरले गोल गरेका हुन् । उनले प्रहार गरेको बल पोलमा लागेर फर्किएपछि झापाका गोलकिपर राजकुमार लिम्बुले समात्न खोज्दा फुत्किएर गोलमा परिणत भएको थियो ।

यसअघी ५३ औं मिनेटमा एपीएफले पाएको पेनाल्टी खेर गएको थियो । झापाका सञ्जित राइले क्लियर गरेको बललाई नवीन लामाले प्रहार गर्न खोज्दा पेनाल्टी एरियामा झापाका गोलकिपर राजकुमार लिम्वुले फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर पेनाल्टीमा नवीन लामा चुकेपछि एपीएफले अग्रता लिने मौका गुमायो । लामाले प्रहार गरेको पेनाल्टी झापाका गोलकिपर राजकुमार लिम्बुले पञ्च गरेर बचाए । त्यसबाहेकपनि एपीएफले गोल गर्ने राम्रा मौकाहरु पाएको थियो । तर झापाका गोलकिपर राजकुमार लिम्वु बाधक बने । उनले एपीएफका कयौं प्रहारहरु विफल पारेका थिए । ७४ औं मिनेटमा राजिव लोप्चनको प्रहारमा झापाका गोलकिपर बाधक बने । बिपक्षीको खुट्टाबाट खोसेर एक्लै बल अगाडि बढाएका लोप्चनको कडा प्रहारलाई झापाका गोलकिपर लिम्बुले मुश्किलले बचाए । ८० औं मिनेटमा बिकु तामाङले प्रहार गरेको बलमा पनि लिम्बु बाधक बने । उनले दाया साइडबाट फष्र्टबार च्यापेर हानेको प्रहार लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै रोके । दोश्रो हाफको ईञ्जुरी समयको तेश्रो मिनेटमा बिकु तामाङले नै गरेको प्रहारलाई पनि लिम्बुले विफल पारे ।

एपीएफबिरुद्ध तुलनात्मक रुपमा कमजोर खेल प्रदर्शन गरेको झापाले निर्धारित समय अवधिभर ३ वटा बाहेक अन्य उत्कृष्ट मुभ निकाल्न सकेन । झापाले खेलको ५१ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो । झापाका सुनिल खड्काको पासमा सरोज कार्कीले प्रहार गरेको बल फष्र्टबार हुँदै बाहिरियो । गोलकिपरसँग वान भर्सेज वानको अवस्थामा उनले बल बाहिर फालेका हुन् । त्यस्तै अतिरिक्त समयको तेश्रो मिनेटमापनि झापाले गोल गर्ने अवसर गुमायो । झापाका हेमन्त थापा मगरको पासमा सरोज कार्कीले प्रहार गरेको बललाई बिपक्षी गोलकिपर विशाल गुरुङले रोके । अतिरिक्त समयको चौधौं मिनेटमा सुनिल खड्काले डि–एरिया नजिकैबाट हानेको प्रहारपनि फष्र्टबार हुँदै बाहिरियो ।

शुक्रबारको खेलमा २ वटा पेनाल्टी रोक्ने झापाका गोलकिपर राजकुमार लिम्वु म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वाटरफाइनल खेल शुरु हुने आयोजक सहारा क्लवले जनाएको छ । क्वाटरफाइनलको पहिलो खेलमा शनिबार आयोजक सहारा क्लवबिरुद्ध विभागीय टिम नेपाल पुलिस क्लव उत्रिनेछ ।

You might also like

Comments are closed.