गोशली डिपार्टमेन्टल स्टोर्सद्वारा खाद्यान्न सेवा थप, नयाँ भवनमा इलेक्ट्रोनिक्स सोरुम

आर्थिक आवाज
पोखरा । अग्रणी व्यावसायिक समूह गोशली ग्रुपद्वारा सञ्चालित गोशली डिपार्टमेन्टल स्टोर्सले लगानी विस्तार गरेको छ । परम्परागत शैलीबाट रुपान्तरिक हुँदै २०६३ बाट पोखराको न्युरोडमा सञ्चालित स्टोर्सले ग्राहकका लागि थप सेवा विस्तार गरेको हो ।

पुरानो भवन भन्दा पछाडि आधुनिक तथा सुविधा सम्पन्न भवन थप गरी व्यवसाय विस्तार गरिएको सञ्चालक सुनिल गोशलीले जानकारी दिए । यस अगाडि २ तलामा १३ हजार स्वायर फिटमा सञ्चालित स्टोर्सले अहिले नयाँ भवनसहित ३ हजार स्वायर फिट सेवा थप गरेको हो ।

jutta mela

ग्राहकलाई थप सेवा प्रदान गर्ने लक्ष्यसहित दैनिक उपभोग्य सम्पूर्ण सामग्रीहरु एकै स्थानबाट उपलब्ध गराउन सुरु भएको गोशलीले जानकारी दिए । ‘सरल, सजिलो र सुपथ मूल्यमा खाद्यान्न सेवा ग्राहकका लागि थप गरिएको छ,’ गोशलीले भने । यस अगाडि इलेक्ट्रोनिक्स, मोबाइल, घडी, रेडिमेट र गार्मेटका सामान बिक्री गर्दै आइरहेको डिपार्टमेन्टल स्टोर्सले खाद्यान्नको सोरुम विस्तार गरेको हो ।

‘पुराना तथा नयाँ सम्पूर्ण ग्राहकका लागि हामीले सेवा विस्तार गर्न सफल भएका छौं,’ उनले भने, ‘पूर्ण पारिवारिक वातवारणमा सेवा प्रदान हुन्छ ।’ थप सेवा सुविधासहित नयाँ भवनमा इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा ल्याइएको छ । नयाँ भवनमा अण्डर ग्राउण्ड पार्किङ सुविधा पनि उपलब्ध छ ।

शोरुमलाई थप विस्तार गरी अन्य शाखा सञ्जाल गर्ने आगामी योजना रहेको गोशलीले जानकारी दिए । गोशली ग्रुप अन्तर्गत गोशली प्रिन्ट प्याक र गोशली प्याकेजिङ सञ्चालनमा छन् । डिपार्टमेन्टल स्टोर्समा अहिले ५० जनाले प्रत्यक्ष रोजगारी पाइरेका छन् । गोशली ग्रुपमा ३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको गोशलीले जानकारी दिए ।

You might also like

Comments are closed.