गौरीशंकर बचत तथा चाउथे कृषिबीच एकीकरण

पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था तथा पोखरा– १४ चाउथेस्थित चाउथे कृषि सहकारी संस्था बीच एकीकरण भएको छ । पोखरामा शनिबार एक कार्यक्रमका बीच दुवै सहकारी एक भएको घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारीहरुले ऐतिहासिक कार्य गरेको दावी गर्दै सहकारी मार्फत नै जनताको समृद्घि आउने विश्वास लिए ।

गौरीशंकर सहकारीका अध्यक्ष केशवशरण पौडेलले सरकारको नीति अनुसार नै दुई सहकारीबीच एकीकरण भएको बताए । चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले ऐतिहासिक कार्य भएको दावी गर्दै एकीकरणले दुवै सहकारीलाई फाइदा पुग्ने विश्वास लिए ।

jutta mela

कास्की बचत संघका लेखा संयोजक रुद्रनाथ पौडेलले सरकारको नीति अनुसार नै एकीकरण भएको जनाउँदै संस्था थप बलियो भएको भनाई राखे । भेलाले केशवशरण पौडेलको अध्यक्षतामा संचालक समिति गठन गरेको छ। जसको उपाध्यक्षमा खड्कबहादुर कार्की, सचिवमा घनश्याम तिम्सिना, कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल, सहसचिवमा दलबहादुर कुँवर तथा सदस्यहरुमा दानबहादुर थापा, प्रकाशचन्द्र पौडेल, कृष्णबहादुर कुँवर, बलबहादुर कँुवर, सरस्वती थापा र ताराप्रसाद सुवेदी छन् ।

टीकाराम बास्तोलाको संयोजकत्वमा कृष्णबहादुर थापा र शोभाराज भुर्तेल सदस्य रहेको लेखा समिति तथा प्रकाशचन्द्र पौडेलको संयोजकत्वमा जितबहादुर कार्की, झुलेन्द्र कुँवर, तुलसिराम शर्मा र उपेन्द्रराज अधिकारी सदस्य रहेको ऋण उपसमिति पनि सर्वसम्मत चयन गरिएको छ । यसअघि दुवै सहकारीको वार्षिक साधरणसभा बसी सर्वसम्मत रुपमा एकीकरण गर्ने निर्णय गरेका थिए।

You might also like

Comments are closed.