‘ग्राहकलाई चमत्कारिक फाइदा दिनेगरी नयाँ योजना ल्याएका छौं’

दीपेन्द्र शर्मा
गण्डकी प्रदेश प्रमुख, एनआईसी एसिया बैंक

निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले ग्राहकलाई लक्षित गरी विभिन्न समयमा फरक फरक योजना ल्याइरहेको छ । पछिल्लो समय बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना ल्याएको छ । यसैक्रममा न्यू सुपर चमत्कारिक बचत खाता योजना लगायत विविध विषयमा केन्द्रित रहेर एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मासँग आर्थिक आवाजले गरेको कुराकानीः

एनआईसी एशिया बैंकका बारेमा संक्षिप्त रूपमा परिचय दिनुस् न ?

आजभन्दा २२ वर्षअघि अर्थात् सन् १९९८ मा स्थापना भएको नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी) नै अहिलेको एनआईसी एशिया बैंक हो । एनआईसी बैंक र बैंक अफ एशिया गाभिएर एनआई एशिया बैंकको जन्म भएको हो । नेपालको बैंकिङ इतिहासमा यो मर्जर पहिलो र ऐतिहासिक नै बनेर रहेको छ । वि.सं. २०६९ असार १६ गतेदेखि संयुक्त कारोबार शुरू गरेको यस बैंकले सोही वर्ष नै लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स ले प्रदान गर्ने ख्यातिप्राप्त अन्तर्राष्ट्रिय अवार्ड ‘बैंक अफ द इयर २०१३– नेपाल’ प्राप्त गर्न सफल भयो । यस बैंकले यो अवार्ड लगातार दुईचोटि प्राप्त गर्न सफल भइसकेको छ । यो अवार्ड विश्वका उत्कृष्ट बैंकहरूलाई प्रदान गर्ने गरिन्छ ।

jutta mela

हाल बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ५० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरुका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रत छन् । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

तपाईं एनआईसी एशिया बैंकको गण्डकी प्रदेश प्रमुख हुनुहुन्छ । यो प्रदेशमा यस बैंकको उपस्थिति तथा बैंकिङ पहुँच कस्तो छ ?

यो प्रदेशमा एनआईसी एशिया बैंकको अवस्था एकदमै राम्रो छ । नेपाल सरकारको सबै नागरिकसम्म बैंकिङ पहुँच पु¥याउने अभियानमा योगदान पु¥याउने उद्देश्यले हामीले यस प्रदेशका ८५ वटा स्थानीय तहमध्ये २२ वटा स्थानीय तहमा शाखा सञ्चालनमा ल्याइसकेका छौं । यस प्रदेशमा यस एनआईसी एशिया बैंकले आफ्नो उपस्थिति दरिलो बनाउन शाखा कार्यालयको विस्तारको अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । यस प्रदेशमा हाल ३१ वटा शाखा कार्यालय, एटीएम २५ वटा र एक्स्टेन्सन काउण्टर १४ वटा सञ्चालनमा रहेका छन् । यस प्रदेशका ग्रामीण क्षेत्रसम्म बैंक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरु र सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको छ । यस प्रदेशको कुल जनसंख्या करिब २७ लाख मध्ये करिब ५८ प्रतिशत जनता अहिले बैंकिङ पहुँचमा आइसकेका छन् । यसमध्ये एनआईसी एशिया बैंकको बजार हिस्सा करिब १० प्रतिशत रहेको छ । हामी यसलाई अझ विस्तार गर्दै जाने अभियानमा लागेका छौं । हामीले विशेष गरी यो प्रदेशको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने हेतुले कृषि क्षेत्र, उद्योग र व्यापारमै कर्जा लगानी गरेका छौं ।

एनआईसी एशिया बैंक अन्य बैंकभन्दा किन र कसरी भिन्न छ ? ग्राहक वर्गले यस बैंकलाई नै किन रोज्ने ?

एनआईसी एशिया बैंक अरू बैंकभन्दा भिन्न छ । र, पृथक् बैंकिङ अभ्यासका कारणले गर्दा नै पछिल्लो समयमा यस बैंकले आफूलाई देशकै अग्रणी बैंकको रुपमा उपस्थित गराउन सफल भएको छ । बैंकले अख्तियार गरेको पाँच सूत्र (सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी) लाई बैंकले आफ्नो बैंकिङ अभ्यासमा आत्मसात् गरेर अगाडि बढाएकाले पनि यो बैंक अरूभन्दा भिन्न बन्न सकेको हो । अब रह्यो ग्राहक वर्गले यस बैंकलाई किन रोज्ने भन्ने कुरा, यिनै पाँच तत्वलाई आत्मसात् गरेर अगाडि बढेकाले बैंकले ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा दिन सफल भएको छ । ग्राहकहरूले जुन बैंकबाट उच्चतम फाइदा र सहज रूपमा छिटो छरितो सेवा पाउँछन्, त्यही बैंक नै रोज्छन् । कर्जा, निक्षेप सेवा सुविधा यस बैंकको नवीन तथा ग्राहकमैत्री हुनाले ग्राहक वर्गले एनआईसी एशियालाई रोज्नु सामान्य नै हो ।

बैंकको मूल मन्त्रअनुरुप नै यस बैंकले ग्राहकवर्गलाई सहज तथा विश्वसनीय बैंकिङ सेवा तथा सुविधा प्रदान गरेकाले आज बैंकसँग करिब २१ लाख ग्राहक महानुभावहरु आवद्ध हुनुहुन्छ । ग्राहक महानुभावहरुको सहजताका लागि यस बैंकले देशको सर्वाधिक ठूलो शाखा तथा एटीएम सञ्जाल विस्तार गरेको छ । ग्राहकवर्गलाई प्रविधिमैत्री बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले डिजिटल बैंकिङमा विशेष ध्यान दिएर अगाडि बढिरहेको अवस्था छ । ग्राहकको सेवालाई विशेष ध्यानमा राखेर बैंकले २४सै घण्टा सपोर्ट सेवा सुचारु गरेको छ ।

एनआईसी एशिया बैंकले ग्राहकमहानुभावहरुलाई सेवा तथा उच्च प्रतिफल दिने कुरामा कुनै पनि कन्जुस्याइँ गरेको छैन । प्रविधिको प्रयोगबाट घरमै बसीबसी बैंकिङ कारोबार गर्न सक्ने सेवाहरू यस बैंकले अहिले मोबाइल बैंकिङ, भाइबर बैंकिङ, आईभीआर सर्भिस, अनलाइन एकाउण्ट ओपनिङ, इन्टरनेट बैंकिङजस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहक वर्गलाई उच्चतम लाभ पुग्ने कस्ता योजनाहरू ल्याएको छ ? नयाँ योजनाका बारेमा बारेमा बताइदिनुस् न ?

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेका हामीले आफ्ना निक्षेप योजनामा आम ग्राहक महानुभावहरुलाई चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेका छौं ।

यस योजना अन्तर्गत सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी रु. २१ लाख सम्मको बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, निःशुल्क डेबिट कार्ड, निःशुल्क क्रेडिट कार्ड, देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु ग्राहक महानुभावहरुले पाउनुहुनेछ ।

ग्राहकहरुले यस योजनामा नयूनतम रु. ५० हजारदेखि अधिकतम रु. २ लाख १४ हजारसम्मको फाइदा पाउन सक्नुहुनेछ । ग्राहकले आफ्नो खातामा बचतको ब्याजबाहेक यति धेरै फाइदा पाउनु भनेको वास्तवमै सुपर चमत्कार नै हो नि ।

झट्ट सुन्दा अपत्यारिलो लाग्ने विभिन्न ३० सुविधायुक्त “न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक उद्यमशील बचत खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता” सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।

यस बैंकले कर्मचारी वर्गका लागि के–कस्तो योजना ल्याएको छ ?

यस बैंकले कर्मचारीवर्गलाई लक्षित गरी न्यू सुपर चमत्कारिक तलब खाता योजना ल्याएको छ । जसमा शून्य मौज्दातमा खाता खोल्न सकिन्छ । यस योजनामा खाता खोल्नेबित्तिकै ग्राहकमहानुभावले करिब १ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम पाउन सक्नुहुनेछ । कर्मचारी वर्गका लागि यस बैंकले ल्याएको यो योजना बैंकिङ क्षेत्रमै अतुलनीय रहेको छ ।

एनआईसी एशिया बैंकले यस बैंकमा तलब खाता हुने ग्राहकको लागी बैंकिङ क्षेत्रमै सर्वाधिक लाभदायक व्यक्तिगत कर्जा सुविधा सहितको योजना आफ्ना ग्राहकमहानुभावहरु सामु पस्केको छ । यो कर्जा सुविधाको अतुलनीय विशेषता भनेको उक्त योजना अन्तर्गत यस बैंकमा तलब खाता हुने ग्राहकले आफ्नो आर्थिक आवश्यकता अनुसार बिना धितो रु. २५ महिना बराबरको कुल तलब वा अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाबाट लाभान्वित हुन सक्नुहुनेछ । १५ लाख रुपैयाँको कर्जा सुविधामा पनि १२ महिनासम्मको कुल तलब वा बढिमा ५ लाख अधिविकर्ष (वभरड्राफ्ट) कर्जा प्राप्त गर्न सक्नुहुनेछ । साथै ग्राहकले ३ महिनाको कुल तलब बराबर अग्रिम तलब सुविधा (एडभान्स सेलरी) वर्षमा एक पटकसम्म उपभोग गर्नसक्नुहुनेछ । यसका अतिरिक्त ग्राहकले घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा लगायतका कर्जाहरु पनि न्यू सुपर चमत्कारिक तलब बचत खातामा सहुलियत दरमा प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईंले निक्षेप योजनाको नाम नै ‘न्यू सुपर चमत्कारिक बचत खाता’ भन्नुभयो । नाम मात्रै चमत्कारिक हो कि ग्राहकवर्गले यसबाट फाइदा पनि चमत्कारिक नै पाउँछन् ?

यहाँले एकदमै सही प्रश्न गर्नुभयो, यस बैंकले बैंकिङ क्षेत्रमा अहिलेसम्म नै कसैले पनि यस्तो योजना ल्याएका छैनन् । सामान्यतया मानिसले बैंक खाता किन खोल्छन्? कसैले आफ्नो रकमको हिफाजत होस् भनेर, कसैले ब्याज आम्दानी प्राप्त गर्ने उद्देश्यले त कसैले वित्तीय लेनदेन सहज होस् भनेर । यी सेवाहरु आजको समयमा लगभग सबै बैंकका आधारभूत सेवा अन्तर्गत पर्दछन् र प्रायःजसो सबै बैंकहरुले बचत रकममा दिने ब्याजदरमा खासै अन्तर पनि हुँदैन । यस्तो अवस्थामा ग्राहकहरुको बैंकप्रतिको आकर्षणलाई केन्द्रित गर्न ग्राहकलाई देखिने गरी ठोस फाईदा दिने समय आइसकेको छ र सोहिअनुरुप एनआईसी एसिया बैंकले देशमै सर्वोत्कृष्ठ बचत खाताहरु आम जनसमुदायमाझ ल्याएको छ जसलाई न्यु सुपर चमत्कारिक खाताहरुको नाम दिइएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुले निम्नअनुसारका सेवा सुविधा पाउनुहुनेछ :

तीन चमत्कारिक बीमा सुविधा

यो योजनाअन्तर्गत खाता खोलेका ग्राहकमहानुभावहरुले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउनु हुनेछ । बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ भने १८ घातक रोगहरुको लागि रु १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधीउपचार बीमा सुविधासमेत उपलब्ध छ ।

सामान्यतया यदि ग्राहकवर्गले न्यू सुपर चमत्कारिक खातामा प्राप्त रु. २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब रु. १४,००० बराबरको बीमा शुल्क वापत बुझाउन पर्ने हुन्छ । तर यस योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. लाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क तिर्नेछ, जसकारण ग्राहकवर्गलाई करिब १४ हजार रुपैयाँको फाइदा पुग्नेछ ।

औषधीउपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रुपैयाँसम्मको भरपाई गर्नेछ ।

कर्जा सम्बन्धी दुई विशेष छुट

न्यू सुपर चमत्कारिक निक्षेप योजनामा २ चमत्कारिक कर्जा सम्बन्धि फाइदाहरु ग्राहकमहानुभावहरुले पाउनुहुनेछ । यस योजनामा खातावाललाई कर्जाको ब्याजदरमा विशेष सहुलियत प्राप्त हुनेछ भने कर्जासँग सम्बन्धीत प्रशासनिक शुल्कमा २५ वेसीस प्वाइन्ट सम्मको छुट प्राप्त हुने छ । उदाहरणका लागि न्यू सुपर चमत्कारिक बचत खाता हुने डायमण्ड वर्गका ग्राहकले यदि रु. ५० लाखको कर्जा उपयोग गर्नुहुन्छ भने उक्त ग्राहकलाई करिब रु. ११३,००० बराबरको ब्याज तथा प्रशासनिक शुल्कमा फाइदा पुग्नेछ ।

२५ अन्य निःशुल्क बैंकिङ सुविधाहरु

न्यू सुपर चमत्कारिक बचत खातामा ग्राहकहरुले बैंकिङ सेवा तथा सुविधा लिन असाधारण सहजता र सरलीकरण पाउनुहुनेछ । ग्राहकवर्गहरुको सहजतालाई मुख्य केन्द्रविन्दुमा राखेर एनआईसी एशिया बैंकले यस खाता हुने ग्राहकलाई निजको खाताको रकम नेपालको कुनैपनि बैंकको एटिएम बाट निःशुल्क रुपमा झिक्न मिल्ने व्यवस्था गरेको छ । यो सुविधाले ग्राहकलाई आफ्नो बैंकको एटिएम कहाँ कहाँ छ भनेर खोजी राख्नु पर्ने झन्झटलाई हटाउँछ । साथै स्मरण रहोस् एन आई सी एशिया बैंकको एटिएम नेटवर्कमा ४१३ एटिएम छन् जुन नेपालकै सबैभन्दा ठूलो एटिएम नेटवर्क हो ।

यसै गरी, बैंकले ग्राहकवर्गलाई सूचना प्रविधिको प्रयोगवापत परिष्कृत तथा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइभिआर सेवा, भाइबर बैंकिङ सेवा लगायतका निःशुल्क सेवाहरु उपलब्ध गराएको छ । साथै ग्राहककोे बहुमुल्य सामानको सुरक्षाको लागि निःशुल्क लकरको पनि सुविधा छ । यसको अलावा, निःशुल्क ई–कमर्स सेवा, अनलाइन खाता खोल्न मिल्ने सुविधा, तथा स्विप इन–स्विप आउट सुविधा लगाएतका अन्य सुपर चमत्कारिक फाइदाहरु पनि छन् ।

उदाहरणका लागि यदि न्यू सुपर चमत्कारिक बचत खाताका डायमण्ड वर्गका ग्राहकले यो सबै फाइदाहरु साँच्चिकै उपयोग गर्ने भए उनीहरुलाई करिब ८७ हजार रुपैयाँ रकम जतिको फाइदा हुने देखिन्छ ।

ग्राहकमहानुभावहरुले आफू अनुकुल हुने र इच्छाइएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सेरिज गरी तीन भ्यारियन्टस्का बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्नुहुनेछ । यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड सेरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुनुहुनेछ ।

बैंक खाताको बीमा सुविधामा प्रायः बैंकहरूले ओपीडीमा बीमा सुविधा उपलब्ध गराएको पाइन्न, तर यस बैंकले त्यस्तो सुविधासमेत दिएको रहेछ । यो त एकदमै राम्रो कुरा हो । यसबारेमा छोटकरीमा प्रकाश पारिदिनुस् न ?

हो, यो त हाम्रा ग्राहक वर्गका लागि एकदमै फाइदा पुग्ने सुविधा हो । यति धेरै रकमबराबरको सुविधा अन्य बैंकहरूले दिएका पनि छैनन् । यो सुविधा आएसँगै अब हाम्रा ग्राहकहरूले सामान्य बिरामी भएर बहिरंग (ओपीडी) सेवामा गई उपचार गर्नुपरेमा पनि अब त्यसको जिम्मा बैंकले नै लिने भएको छ । ओपीडीमा गई उपचार गर्नुपरेमा उपचारमा लागेको औषधि खर्च, चेकजाँच, ल्याव सबै गरेर २० हजार रूपैयाँसम्मको औषधि उपचार खर्च अब एनआईसी एशियामा खाता खोलेकै भरमा ग्राहकहरूले पाउने भएका छन् ।

एनआईसी एशिया बैंकमा विशेष स्वीप इन÷स्वीप आउट सुविधाको बारेमा सुनिन्छ । के हो स्वीप इन÷स्वीप आउट सुविधा ? यसअन्तर्गत बैंकले केकस्ता विशेष सुविधा उपलब्ध गराएको छ ? विस्तृत रूपमा बतायदिनुस् न ?

स्वीप इन–स्वीप आउट सुविधा यस बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीमा मात्र उपलब्ध गराएको चमत्कारिक योजना हो । एनआईसी एशिया बैंकले चमत्कारिक बचत खाता – डायमण्ड श्रेणीमा ग्राहकलाई लक्षित गरि नेपालमै पहिलो पटक अत्यन्त नौलौ एवं लाभदायी स्विप इन–स्विप आउट सुविधा ल्याएको छ ।

स्विप इन–स्विप आउट भनेको बचत खाता र मुद्दती खाता दुवैको गुणहरु समाहित गरेको एक उच्चतम चमत्कारिक सुविधा हो जसमा तपाइले बचत खाताको जस्तै इच्छाइएको समयमा बैंकबाट आफ्नो रकम उपयोग गर्न सक्नुहुनेछ भने, मुद्दती निक्षेपको जस्तै उच्च ब्याजदर प्राप्त गर्नुहुनेछ ।

स्विप इन–स्विप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा रु २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,०००ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता (डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतःउपलब्ध गराउँदछ ।

उदाहरणका लागि १५ दिनअघि मैले न्यू सुपर चमत्कारिक बचत खाता– डायमण्ड श्रेणीमा खाता खोलें र २ लाख रूपैयाँ बचत गरें । आज फेरि मलाई कतैबाट पैसा आयो ३ लाख । मैले त्यो पनि सोही खाता लगेर डिपोजिट गरें । अब स्वीप इन÷स्वीप आउटको नियमानुसार आज मैले राखेको रु. ३ लाख त स्वीप इन भएर ३ महिनाका लागि फिक्स डिपोजिटमा जान्छ । किनकि यो सुविधाअनुसार २ लाख रूपैयाँभन्दा माथि जति पनि रकम हुन्छ, यो १०÷१० को गुणाले हुन आउने रकम ३ महिनाका लागि मुद्दती खातामा स्वतः स्वीप इन हुन्छ । अब फेरि मलाई ८ दिनपछि नै त्यो ३ लाख रुपैयाँ चाहियो भने बिना कुनै झन्झट म त्यो ३ लाख रुपैयाँ निकाल्न पाउँछु र मेरो खाता त्यो पैसा स्वीप आउट भएर आउँछ ।

यस योजनामा कर्जासम्बन्धी के कस्ता सुविधाहरू छन् ?

एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक खाता खोल्दा सर्वोत्कृष्ट बीमा सुविधा मात्र होइन, हाम्रा ग्राहक महानुभावहरूले कर्जासँगसम्बन्धी विशेष छुट पनि प्राप्त गर्न सक्नुहुनेछ । यस योजनाअन्तर्गत यस बैैंकमा न्यू सुपर चमत्कारिक खाता हुने ग्राहकले कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट प्राप्त गर्नुहुनेछ ।

होम बैंकिङ सुविधा भनेको के हो ?

एनआईसी एशिया बैंकले ग्राहकमहानुभावहरुलाई सेवा र सुविधा दिने कुरामा कुनै पनि कन्जुस्याइँ गरेको छैन । यस बैंकले बैंकसम्म आउन समयाभावले गर्दा नसक्ने र अशक्त ग्राहकका लागि होम बैंकिङको सुविधा पनि ल्याएको छ । प्रविधिको प्रयोगबाट घरमै बसीबसी बैंकिङ कारोबार गर्न सक्ने सेवाहरू यस बैंकले दिइरहेको छ । त्यस्तै घरमै बसेर खाता खोल्न सकिने व्यवस्था पनि बैंकले गरेको छ । आदरणीय ज्येष्ठ नागरिकका लागि हामीले घरमै बैंकिङ सेवा (होम बैंकिङ)– सुविधा प्रदान गर्छौं । यो सेवाअन्तर्गत हामीले कर्मचारी नै खटाएर आदरणीय ज्येष्ठ नागरिकलाई होम सर्भिस दिइरहेका छौं ।

न्यू सुपर चमत्कारिक खाताका अन्य आकर्षणहरु के–के छन् ?

– निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ
– जेष्ठ नागरिकको लागी निःशुल्क होम बैंकिङ्ग सुविधा
– देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने सुविधा
– निःशुल्क डिम्याट खाता खोल्ने सुविधा
– निःशुल्क ई–कमर्श एक्टिभेसन
– निःशुल्क लकर सुविधा
– अनलाइन मुद्दती खाताको सुविधा
– निःशुल्क क्रेडिट कार्डको सुविधा

You might also like

Comments are closed.