ग्लोबल रिचले विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल छः पद्मा अधिकारी

पद्मा अधिकारी
काउन्सिलर, ग्लोबल रिच पोखरा शाखा

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया धेरै विद्यार्थीको रोजाईमा परेको छ । त्यहाँको शिक्षा प्रणालीका बारेमा बुझ्नका लागि विद्यार्थीले चासो दिने क्रम पनि बढिरहेको छ । अध्ययनका लागि अष्टे«लिया जाने विद्यार्थी बढेसँगै परामर्श प्रदान गर्ने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन् । धेरै कन्सल्टेन्सीहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्थापित तथा अन्तर्राष्ट्रिय ब्राण्ड हो ग्लोबल रिच ।

आजभन्दा २९ वर्ष अगाडि स्थापना भएको ग्लोबल रिचले धेरै विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल छ । विद्यार्थीको चाहना अनुसारको युनिभर्सिटी चयनमा सहयोग गर्नुका साथै अष्ट्रेलियाको शैक्षिक प्रणाली, परिवर्तित नीति, नियमका बारेमा हामीले सही परामर्श विद्यार्थीलाई प्रदान गर्दै आइरहेका छौं । हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण दिनप्रतिदिन बढिरहेको छ ।

jutta mela

विद्यार्थीलाई परामर्श सेवा प्रदान गराउने उद्देश्यले हामीले वर्ष २ पटक जनवरी र जुलाई फेयरसमेत आयोजना गर्दै आइरहेका छौं । फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले सिधा भेट गरी परामर्श लिन सक्नेछन् । यस पटक माघ ४ गते शनिबार ‘द विगेष्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदैछ । पोखराको न्युरोडस्थित सिटी स्वायरमा हुने फेयरमा सहभागी भइ परामर्श लिन म विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दछु ।

उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित फेयर शनिबार बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म चल्नेछ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको फेयरमा भिड लाग्ने हामीले विश्वास गरेका छौं । अष्ट्रेलियन उच्च शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी फेयरमा विद्यार्थीलाई प्रदान गरिनेछ ।

You might also like

Comments are closed.