ग्लोबल रिच पोखरा लक्ष्यमा भन्दा बढी सफल छ : सरिता गुरुङ

सरिता गुरुङ
पोखरा शाखा कोअर्डिनेटर
ग्लोबल रिच

 

ग्लोबल रिचको पोखरा शाखामा महिला मात्र कर्मचारी छन् । शाखा स्थापनाको छोटो समयमा शाखाले लक्ष्यभन्दा बढी सफलता पाएको शाखा कोअर्डिनेटर सरिता गुरुङ बताउँछिन् । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको शाखा स्थापनाको साढे २ वर्ष पुगिसकेको छ । शाखाले पोखरामा समय समयमा सेमिनार तथा फेयरहरु आयोजना गर्दै आइरहेको छ । यसैक्रममा पोखरा शाखाकै आयोजनामा माघ १० गते बुधबार होटल ग्राण्ड पोखरामा अष्ट्रेलियन युनिभर्सिटी फेयर हुँदैछ । कार्यक्रममा अष्ट्रेलियाका १२ वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी हुँदैछन् । ग्लोबल रिचका विशेषता र फेयर आयोजना गर्नुको कारण लगायत विविध विषयमा शाखाका कोअर्डिनेटर सरिता गुरुङसँग गरिएको कुराकानीको सारः

ग्लोबल रिचको शाखा पोखरामा कहिलेबाट सञ्चालनमा आएको हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको रोजाईमा ग्लोबल रिच पर्छ । हाम्रो काठमाडौं शाखामा काउन्सिलिङ लिन पोखराबाट धेरै विद्यार्थी गएको हामीले पायौं । यसबाट हामीलाई पोखरामा नै शाखा सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । पोखरा तथा आसपासका विद्यार्थीलाई सहज होस् भनेर नै हामीले पोखरामा शाखा सञ्चालन गरेका हौं । सन् २०१५ बाट हामीले यस शाखा सञ्चालनमा ल्याएका हौं । हामीले अष्ट्रेलियालाई लक्षित गरेर परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं ।

ग्लोबल रिचले फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
हामीले विद्यार्थीलाई मध्यनजर गरेर विभिन्न समयमा फेयर तथा सेमिनार गर्दै आइरहेका छौं । यसै क्रममा माघ १० गते फेयरको आयोजना गरेका छौं । जहाँ अष्ट्रेलियाका १२ वटा युनिभर्सिटीका प्रतिनिधि हामीले सहभागी गराउने छौं । जहाँ विद्यार्थी तथा अभिभावकले युनिर्भसिटीका प्रतिनिधिसँग नै सिधा कुरा गर्न सक्नुहुन्छ । जिज्ञासा राख्न र बुझ्न सक्नुहुन्छ । विभिन्न युनिभर्सिटी, त्यहाँको कोर्षको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ । पोखरामा विभिन्न कन्सल्टेन्सी छन् । कन्सल्टेन्सीले फरक फरक तरिकाले काउन्सिलिङ गरेका हुन्छन् । युनिभर्सिटीका प्रतिनिधिबाट विद्यार्थीले सत्य, तथ्य तथा धेरै भन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुनेछ । विद्यार्थीमा रहेका विभिन्न अन्योलता हटाउने र सही परामर्श दिने उद्देश्यले फेयर आयोजना गरिएको हो ।

अष्ट्रेलियालाई लक्षित गरी सेवा प्रदान गर्नुको उद्देश्य के हो ?
अन्तर्राष्ट्रिय शिक्षाको लागि अष्टे«ेलिया अन्य देश भन्दा धेरै सुरक्षित छ । धेरै देशका विद्यार्थी पढ्न त्यहाँ जाने हुँदा विद्यार्थी धेरै संस्कृतिका बिचमा घुलमिल हुन सक्छन् र विभिन्न देश तथा संस्कृतिको बारेमा जानकारी प्राप्त गर्ने अवसर पनि पाउँछन् । अष्ट्रेलियाका युनिभर्सिटीमा धेरै कोर्ष भएकाले विद्यार्थीले आफूले चाहेको कोर्ष छानेर पढ्न पाउँछन् । अन्य देशभन्दा अष्ट्रेलिया जाने विद्यार्थीको बढी चाहना भएकाले हामीले उक्त देशलाई लक्षित गरी सेवा प्रदान गरेका हौं ।

ग्लोबल रिचको माध्यमबाट अष्ट्रेलिया गएका विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीमार्फत अष्ट्रेलिया गएका विद्यार्थीबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं । गएकाहरुले आफ्ना साथीभाइलाई पनि ग्लोबल रिचमा नै गएर काउन्सिलिङ लिन सिफारिस गरेको हामी पाउँछौं । समय समयमा हामी विभिन्न युनिभर्सिटी घुम्ने गर्छौं । त्यस समयमा पनि हामीले विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाउछौं । जसले हामीलाई काम गर्न उत्साह थप्ने गर्छ । विद्यार्थीलाई केही समस्या परेको छ भने हामीलाई भन्न सक्नुहुन्छ । हामीले उहाँहरुको समस्यालाई सम्वन्धित निकायमा पु¥याउने गरेका पनि छौं । अष्ट्रेलिया गइसके पछि विद्यार्थीले त्यहाँ भोग्नुपरेका समस्या समाधानको लागि पनि हामीले सहयोग गर्दै आइरहेका छौं ।

यो व्यवसायमा तपाईं किन लाग्नुभयो ?
शिक्षासँग सम्वन्धित भएर पनि म यस क्षेत्रमा आवद्ध भएको हुँ । कामको क्रममा पनि हामीले धेरै कुरा सिक्न पाउछौं । यस भन्दा पहिले गरेका कामले म कस्टमर सर्भिसको बारेमा बुझ्न सक्ने भएँ । त्यस कारण पनि म यस क्षेत्रमा सफल भएको हुँ भन्ने मलाई लाग्छ । मलाई पहिला कस्ता विद्यार्थी अष्ट्रेलिया जाने र कुन कोर्ष तथा युनिभर्सिटी पढ्दा ठिक हुन्छ भन्ने बारेमा जानकारी थिएन । यहीँ आएपछि मैले सबै कुराको जानकारी पाएँ र विद्यार्थीसँग डिल गर्न सक्ने भएँ । धेरै मानिससँग घुलमिल हुन चाहने तथा बोल्न मन पराउने मानिसको लागि यो काम राम्रो छ ।

पोखरा शाखामा विद्यार्थीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हामीले पोखरामा शाखा स्थापना गर्दा विद्यार्थीलाई धेरै सजिलो भएको छ । यहाँबाट विद्यार्थीलाई परामर्शको लागि काठमाडौं जानु पर्दैन । जसबाट विद्यार्थी तथा अभिभावक प्रत्यक्ष लाभान्वित भएको महसुस गरेको छु । पोखरा तथा यस आसपासका विद्यार्थीलाई जे–जति परामर्श आवश्यक पर्छ त्यो सबै हामीले पोखरा शाखाबाट नै प्रदान गर्दै आइरहेका छौं । विद्यार्थी र अभिभावक दुवैबाट हामीलाई सकारात्मक प्रतिक्रिया आइरहेको छ । विशेष गरी पोखराकै विद्यार्थीहरुको उपस्थिति हाम्रोमा बढी छ । पोखराका साथै लेखनाथ र समग्र कास्की, तनहुँ, स्याङ्जा, वाग्लुङ, पर्वत तथा पोखरा आसपासका अन्य जिल्लाबाट परामर्श लिनको लागि विद्यार्थीहरु यहाँ आउने गर्नुहुन्छ । पोखरामा शैक्षिक रुपले क्षमतावान तथा आर्थिक रुपमा सम्पन्न विद्यार्थी रहेको मैले पाएँ । प्रायजसो विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विदेश जाने क्रम बढेको छ ।

विद्यार्थीलाई कसरी काउन्सिलिङ गर्नुहुन्छ ?
अष्ट्रेलियामा रहेका युनिर्भसिटी तथा कोर्ष छान्नका साथै त्यहाँको फि स्टक्चर र स्कलरसिपको बारेमा पनि हामी जानकारी दिन्छौं । विद्यार्थीको रुची, क्षमता तथा चाहनालाई हेरेर नै हामी विद्यार्थीलाई विषय छनोटमा सहयोग गर्दछौं । पूर्ण पारिवारिक वातावरणमा हामी विद्यार्थीलाई परामर्श प्रदान गर्छौं ।

ग्लोबल रिचका विशेषताहरु के–के छन् ?
हामीले सेवा तथा सुविधा बापत विद्यार्थीसँग कुनै पनि चार्ज लिदैनौं । निःशुल्क रुपमा परामर्श प्रदान गर्दै आइरहेका छौं भने भिजा डकुमेन्टेसनमा पनि कुनै चार्ज लिदैनौं । परामर्श लिने तथा भिजा डकुमेन्टेसनमा कुनै शुल्क विद्यार्थीले तिर्नुपर्दैन । युनिभर्सिटीको ट्युसन फि र हेल्थ इन्सोरेन्स तिरे पुग्छ । अष्ट्रेलियामा रहेका विभिन्न युनिभर्सिटीसँग हामीले समन्वय गर्दै आइरहेका छौं । संसारमा नै उच्चस्तरका तथा टप्न सफल भएका युनिभर्सिटी त्यहाँ छन् । उच्चस्तरीय कलेज तथा युनिभर्सिटीमा फि पनि धेरै नै हुन्छ र त्यहाँबाट क्वालिटी एजुकेसन विद्यार्थीले पाउनुहुन्छ । अष्ट्रेलियामा रहेका धेरैजसो युनिभर्सिटीको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हामी हौं । वेव साइडमा गएर सर्च गर्दा अथोराइज्ड डिलर ग्लोबल रिच हो भन्ने थाहा पाएर पनि हाम्रोमा धेरै विद्यार्थी आउने गर्नुहुन्छ । पोखरा शाखा स्थापनाको छोटो समयमा हामीले अपेक्षा भन्दा बढी सफलता हात पारेका छौं । विद्यार्थीको साथ तथा मायाबाट हामीलाई उत्साही बनाएको छ ।

You might also like

Comments are closed.