घरपझोङ गाउँपालिकाको शिक्षा सुधार अभियान,मन्टेसरी शिक्षण विधी सम्वन्धी तालिम सम्पन्न

मुस्ताङ, १६ जेठ

घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को शिक्षा तर्फको नियमित स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका पूर्ब वालविकासमा अध्यापनरत शिक्षकहरुका मन्टेस्वरी शिक्षण विधि सम्वन्धी तालिम सम्पन्न भएको छ । तालिम ३ दिन सम्म चलेको थियो । जेठ १२ गते शुरु भएको तालि १४ गते समापन भएको हो ।

जनहिहत मावि अन्तर्गतको बालमन्दिरमा सञ्चालन गरिएको तालिमामा ८ वटा विद्यालयका ११ जना शिक्षकहरुको सहभागिता थियो । गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठान सौरु, मुस्ताङले तालीम अबधिभरको सामाग्री व्यवस्थापन तथा प्रतिष्ठानको अध्यक्ष सवि शेरचनवाट समन्यकारी भुमिका निर्बाह गरेकी थिईन् । मोडल मन्टेस्वरी इन्स्टिच्युट नदीपुर पोखराको प्रमुख अरुना शेरचन तथा सोही इन्स्टिच्युटका प्रशिक्षक महिमा प्रिती शेरचनले तालिममा निशुल्क रुपमा सहजिकरण गरेका थिए ।

jutta mela

समापन कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङको अध्यक्षतामा भएको हो । समापन सत्रमा वोल्दै उपाध्यक्ष गुरुङले ECD कक्षालाई सुधार र्गन आफुले बिगतमा शिक्षण पेशामा रहदा गरेको प्रयास र अभ्यासको अनुभव सुनाउदै अब परम्परागत बिचार र सोचमा परिबर्तन गरि सबैले पूर्ब वालविकास कक्षाप्रतिको दृष्टिकोणमा परिबर्तन गर्नुपर्ने वताईन् । यसलाई विद्यालयहरुले मुख्य प्राथमिकतामा राखि आगाडि बढ्न पनि सम्पुर्ण प्रधानाध्यापकहरुलाई आग्रह गरेकी छन् । गाउँपालिकाले शिक्षा तर्फ विद्यालयहरुमा दिवा खाजा र ECD शिक्षहरुका लागि मासिक २०००। का दरले १३ महिनाको २६००० थप प्रोत्साहन भत्ताको व्यवस्थाको गर्नुका साथै तालीम कार्यक्रमको लागि समेत बजेट बिनियोजन गरिएको उनले वताईन् । समापन सत्रमा घरपझोङ गाउपालिका भित्रका ८ वटै विद्यालयका प्र.अ हरुको उपस्थिती रहेको र सबै प्र.अहरुवाट तालीमको निरीक्षण गर्नेुका साथै जनहित मा.विका सहायक प्र.अ मादबजी भण्डारीले पूर्ब वालविकासको सुधारमा अव सबै प्र.अहरु तत्परताका साथ खटिएर लाग्नुपर्ने वताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले आफुले तालीमका हरेक क्रियाकलापहरुको समय समयमा अवलेकन गरेको र शैक्षिक सामाग्री निर्माण लगायतका कार्यहरु अत्यन्त उपयोगी साथै प्रभावकारी रहेको कुरा व्यक्त गर्दे अव आगामी दिनको वजेटमा यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिनेगरी गाउँपालिकाले बजेट बिनियोजन गर्ने वताए ।
शिक्षा विकाश तथा समन्य इकाई मुस्ताङका प्रमुख टंकराज बरालको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमको सञ्चालन, व्यवस्थापन र समन्यको काम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत हिमलाल शर्माले गरेका थिए ।

3
You might also like

Comments are closed.