घरबारबिहीन वृद्धवृद्धालाई कास्की प्रहरीले यसरी गर्यो उद्दार

पोखरा । सडक पेटीमा अलपत्र अवस्थामा रहेका ५ जना वृद्धवृद्धालाई कास्की प्रहरी उद्दार गरेको छ । कोरोनाको संक्रमण जोखिमका कारण देश नै लकडाउन भएको अवस्थामा केही वृद्धवृद्धाहरु पोखरामा अलपत्र अवस्थामा रहेकाले उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

‘सर्वसाधारणहरुलाई भेला जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गर्दै देश नै लक डाउन गर्नेसम्मको नीति अबलम्वन गरिरहेको अवस्थामा घरवार बिहीन बेवारिसे वृद्धवृद्धाहरु कास्कीका विभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएकाले उद्धार गरिएको हो,’ प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता वृद्धवृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य व्यक्तिहरु पनि संक्रमित हुनसक्ने सम्भावनाका कारण पनि उनीहरुलाई उद्दार गरिएको प्रहरीले जनाएको छ । ३ जना पुरुष र २ जना महिलालाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाइएको केसीले जानकारी दिए ।

You might also like

Comments are closed.