घान्द्रुकमा ‘घोडा दौड’

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्दु्रकमा फागु पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते (फागु पूर्णिमा) अन्नपूर्ण गाउँपालिका ११ मा विविध साँस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने आइतबार घान्दु्रकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

समितिका अध्यक्ष राज बहादुर गुरुङले मौलिक संस्कृति तथा चार्डको संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘नेपाल सरकारको भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी देशभर कार्यक्रम भइरहेको छ,’ उनले भने ।

प्रतियोगिता संयोजक तथा पर्यटन व्यवसायी बिक्रम गुरुङले दौडबाट च्याम्पियन बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार प्राप्त गर्ने बताए । द्वितीय र तृतीय बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ३५ र २५ हजार हात पार्नेछन् ।

You might also like

Comments are closed.