चन्द्र केसीको स्वास्थ्यमा सुधार, मंगलबार डिस्चार्ज गर्ने तयारी

काठमाडौं । समाजसेवी तथा व्यवसायी चन्द्रकुमार केसीको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा असोज २९ गते ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका केसीको स्वास्थ्यमा सुधार आएको हो ।

चिरायु हस्पिटल बसुन्धारामा उपचाररत केसी खुट्टाको अपरेसन गरिएको छ । खुट्टामा ४ वटा स्टिल राखिएको छ । केसीको स्वास्थ्यमा सुधा आएकाले मंगलबारसम्म डिस्चार्ज गर्ने हस्पिटलले तयारी गरेको छ ।

आफ्नो स्वास्थ्यमा सुधार आएको बताउँदै केसीले शुभेच्छुक सबैप्रति आभार तथा धन्यवाद ज्ञापन गरेका छन् । ‘सबैको माया तथा शुभेच्छाबाटै म छिट्टै निको हुनेछु,’ उनले भने ।

दुःखमा रहेका आफन्तलाई भेट्न केसी नयाँबजार पुगेका थिए । सोही समयमा ग्यास विस्फोट हुँदा केसीसहित ११ जना घाइते भएका थिए ।

You might also like

Comments are closed.