‘अत्याधुनिक भवन, दक्ष जनशक्ति र उच्चतम प्रविधिबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’ (भिडियोसहित)

पोखराको नागढुंगामा अग्लो भवन देखिन्छ । वरपरबाट देखिने बित्तिकै त्यो भवनले धेरैलाई आकर्षित गर्छ । वा ! चरक हस्पिटलले कति भव्य भवन बनाएर सेवा सुरु गरेछ भन्ने धेरैलाई लाग्छ । एक अर्ब ५० करोड रुपैयाँ लगानीबाट सञ्चालनमा आएको चरक मेमोरियल हस्पिटल प्रा.लि.ले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा पोखराबाट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसैक्रममा हस्पिटलका विशेषता, प्रदान हुने सेवा लगायत विविध विषयमा केन्द्रित रहेर सञ्चालक कपिल पोखरेलसँग आर्थिक आवाजका लागि सुरेन्द्र पौडेलले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

अत्याधुनिक सुविधा सम्पन्न भवनबाट चरक हस्पिटल सञ्चालनमा ल्याउनुभएको छ । ठूलो लगानीसहित हस्पिटल सञ्चालन गर्नुको उद्देश्य के हो ?

jutta mela

हामीले अन्तर्राष्ट्रियस्तरको अत्याधुकि सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्न सफल भएका छौं । यससँगै विभिन्न सेवा तथा सुविधा पनि थप गरेका छौं । यस क्षेत्रका बिरामी उपचारका लागि काठमाडौं जान नपरोस भन्ने हाम्रो उद्देश्य हो । गण्डकी प्रदेशमा रहनुभएका आम नागरिकको लागि अन्य अस्पतालमा रहेका भन्दा फरक तथा धेरै सेवा सुविधा दिने उद्देश्यले हामीले हस्पिटल सञ्चालनमा ल्याएका हौं । हृदयघात, न्युरो सर्जरी लगायतका सेवा पोखरामा नभएकाले काठमाडौं जानुपर्ने बाध्यता थियो । हामीले यी सेवा पनि सञ्चालनमा ल्याएका छौं । काठमाडौंमा हुने उपचार पोखरामा पनि हुनुपर्छ र आम मानिसलाई सहज बनाउनुपर्छ भन्ने उद्देश्यले नै हामी थप सेवा र सुविधाका साथ संचालनमा आएका छौं । दक्ष जनशक्तिसँगै उच्चतम प्रविधि पनि हामीसँग छ ।

हस्पिटलमा लगानी कति भएको छ ?

अहिलेसम्मको मोटामोटी लगानी भनेको करिव १ सय ५० करोड हो । सर्भिस थपिएसँगै लगानी पनि बढ्नेछ । स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशकै नमुना प्रोजेक्टको आवश्यकता महसुस गरी हामीले लगानी गरेका हौं ।

हस्पिटलमा उपलब्ध स्वास्थ्य सुविधाहरु केके रहन्छन् ?

ओपनहार्ट सर्जरी र किड्नी ट्रान्सप्लान्ट बाहेक काठमाडौंमा हुने अरु सबै सुविधा हाम्रोमा छ । क्याथ ल्याब आइसकेको छ । हार्टको एन्जिओप्लाष्ट सेवा यहीबाट शुरु हुन्छ । न्युरो सर्जरीको सेवा उपलब्ध भइरहेको छ । पोखरामा हुने अन्य सुविधा पनि छन् । पोखरामा निजी क्षेत्रमा नै पहिलो पटक क्याथ ल्याब हामीले संचालनमा ल्याएका छौं । न्युरो सर्जरी सेवा पनि २४सै घण्टा उपलब्ध छ । विपन्न वर्गका बिरामीको लागि सरकारले छुट्याए अनुसार नै निःशुल्क डायलाइसिस सर्भिस छ । जनरल सर्जरी, फिजिसियन, आँखाको उपचार, डर्माटोलोजी, कपाल प्रत्यारोपण, सिटी स्क्यान, एमआरआई, २४ घण्टा इमर्जेन्सी सेवा, ल्याब लगायत सम्पूर्ण सेवा हामीले प्रदान गरिरहेका छौं ।

उपचारको लागि केकस्ता विधि तथा प्रविधि प्रयोग गर्नुहुन्छ ?

हामीले जर्मन कम्पनीको सिमेन्स, ड्रागर लगायत विश्व प्रख्यात कम्पनीका उपकरण प्रयोग गरेका छौं । यहाँ सेवा लिन आउने बिरामीले सबै उपकरण देख्नुभएको छ । संसारमा सबैभन्दा धेरे चलेका उपकरण हामीसँग छन् । सिटी स्क्यानको कुरा गर्ने हो भने सिमेन्सको सबैभन्दा पछिल्लो उत्पादन हामीसँग छ । त्यसबाट नै सेवा प्रदान गरिरहेका छौं । बिरामीले पनि लेटेस्ट विधि तथा प्रविधिबाट नै उपचार गर्न चाहनुहुन्छ ।

हस्पिटलको औपचारिक उद्घाटन कहिले हुन्छ ?

अनौपचारिक रुपमा हामीले सम्पूर्ण सेवा प्रदान गरिसकेका छौं । सञ्चालनमा आएपनि औपचारिक ओपनिङ गर्न पाएका छैनौं । फागुनबाट सञ्चालन शुरुको तयारी गरेका थियौं । कोरोना महामारीका कारण चैतबाट लकडाउन शुरु भयो । कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनिरहेको छ । नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ । पोखरामा पनि बढिरहेको छ । कोरोनाको उपचार पनि हामीले गरिरहेका छौं । अब समय अनुकुल मिलाएर भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन हुनेछ ।

कपिल पोखरेल, सञ्चालक, चरक मेमोरियल हस्पिटल प्रा.लि.

कुनकुन क्षेत्रबाट बिरामी आउनुहुन्छ ? सेवाग्राहीको प्रतिक्रिया कस्तो छ ?

सञ्चालन शुरु भएपछि बिरामी आउने क्रम बढ्दै गइरहेको छ । गण्डकी प्रदेशका प्राय सबै जिल्लाबाट बिरामी आउनुभएको छ । हामीले फिडब्याक पनि लिएका छौं । उहाँहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रो सेवा तथा सुविधाबाट सन्तुष्ट भएको हामीले पाएका छौं ।

भौतिक संरचना पनि ठुलो छ । सेवा तथा सुविधाका आधारमा हेर्ने हो भने महंगो होला नि ?

हामीले पोखरामा अरुले लिने बराबर कै शुल्क लिन्छौं । धेरै शुल्क केहीमा पनि लिएका छैनौं । ल्याब टेष्टको शुल्क एसोसिएसनले बनाए बमोजिम कै छ । मेलानले निर्धारण गरेको चार्ज नै हामी लिन्छौं । एक्स्ट्रा कुनै पनि चार्ज लिएका छैनौं । सर्जरीको पनि केस हेरेर रेट निर्धारण गरेका छौं । नेपाल सरकारले तोकेको ओपिडी चार्ज अनुशारको गाइडलाइनमा नै हामी चलेका छौं । ठुलो विल्डिङ छ, महंगो होला भन्ने भ्रममा नपर्नुहोला । सेवा लिएर हेर्न म अनुरोध गर्दछु । कहिले काही सर्भिसका क्रममा केही कमजोरी हुन सक्छन् त्यस्तो भएमा सम्वन्धित निकायमा खबर गर्न पनि म अनुरोध गर्दछु । उजुरी पेटिकामा पनि सुझाव राख्न सक्नुहुन्छ । सुझावलाई हामी मनन् गर्नेछौं । उचित मूल्यमा राम्रो उपचार दिने हाम्रो उद्देश्य हो ।

भावी उद्देश्य के छ ?

सेवा विस्तारमा जादैंछौं । केही समयमा नै ओपन हार्ट सर्जरी, किड्नी ट्रान्सप्लान्ट, क्यान्सरको रेडियोथेरापी, सेवा पनि दिनेछौं । एकेडेमिक कोर्षमा इन्भेष्ट गर्दैछौं ।

हस्पिटलमा कति जनाले रोजगारी पाउनुभएको छ ?

फुल टाइम र पार्ट टाइम गरी करिव २ सय ५० कर्मचारी हुनुहुन्छ । स्वास्थ्यकर्मी, टेक्निसियन, नन टेक्निसियन सबैखालका दक्ष तथा अनुभवी स्टाफ हामीसँग हुनुहुन्छ ।

के आधारमा गण्डकी प्रदेशको नम्वर वान भनेर दावी गर्नुहुन्छ ?

स्रोत र साधन तथा हामीले प्रदान गर्ने सेवा र सुविधाका कारण नै हामी गण्डकी प्रदेशमा १ नम्वरमा छौं भन्ने दावी गर्न सक्छौं । यो हस्पिटलकै लागि भनेर डिजाइन गरिएको विल्डिङ हो । शैक्षिक संस्था वा प्राइभेट घरलाई हस्पिटल बनाएको होइन । हेलिप्याड सहितको प्राइभेट हस्पिटल हो । छिट्टै उद्धार गर्न सकियोस् र बिरामीले उपचार नपाएका कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य हाम्रो छ ।

You might also like

Comments are closed.