पाँच सयको सामान किन्दा एक लाख जित्ने अवसर
आर्थिक आवाज
पोखरा, १४ भदौ ।
चाडपर्वलाई लक्षित गरी तथा ग्राहकको हितलाई ध्यानमा राखी बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले निःशुल्क नगद उपहार कुपन योजना सञ्चालन गरेको छ । भदौ १७ गते आइतबारबाट यो योजना लागु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केशव खत्रीले जानकारी दिए ।
बजार भित्रको जुनसुकै पसलबाट ५ सय रुपैयाँ भन्दा माथिको सामान खरिद गरेमा एउटा उपहार कुपन र १ हजार ५ सय रुपैयाँ भन्दा धेरै मूल्यको सामान खरिदमा २ वटा निःशुल्क उपहार कुपन प्रदान गरिने खत्रीले जानकारी दिए ।
पहिलो पुरस्कार १ लाख रुपैयाँ, दोस्रो पुरसकार ७५ हजार रुपैयाँ, तेस्रो पुरस्कार ५० हजार १÷१ जनालाई प्रदान गरिनेछ । चौथो पुरस्कार २५ हजार रुपैयाँ २ जनालाई, पाचौं पुरस्कार १० हजार रुपैयाँ ५ जनालाई र छैटौं पुरस्कार ५ हजार रुपैयाँ १० जनालाई प्रदान गरिने कार्यक्रम संयोजक प्रदिपकुमार मुल्मीले जानकारी दिए ।
एशोसिएसनमा २ सय ६० व्यावसायिक प्रतिष्ठान छन् भने १८० वटा व्यावसायिक फर्म छन् । ५ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको खत्रीले जानकारी दिए । बजारभित्र १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी निजी क्षेत्रको लगानी रहेको खत्रीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै एसोसिएसनका मानार्थ सदस्य सुदिप ढकालले चाड पर्वका अवसरमा उपहार योजना राखिँदा उपभोक्ताको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
Comments are closed.