चार्जबाट विश्वमै सबैभन्दा बढी दुरी गुड्ने गाडी नेपाली बजारमा आउँदै

हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्सले आधिकारिक आयातकर्ता

पोखरा । नेपाली बजारमा ब्रिग्सन ब्राण्डका इलेक्ट्रिक बस भित्रिने भएका छन् । नेपालको एक प्रतिष्ठित व्यावसायिक संस्थाहिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्स कम्पनीले नेपालमा यी गाडी भित्र्याउन लागेको हो । एक पटको फूल चार्जबाट विश्वमै सबैभन्दा बढी दुरी गुडेर गिनीज बुक अफ रेकर्ड कायम राख्न सफल यी गाडी नेपाली बजारमा ल्याएर आधिकारिक आयातकर्ता बन्न पाउँदा निकै खुसी लागेको हिमालय मोटरक्सका प्रबन्ध निर्देशक ध्रुब थापाले बताए ।

हिमालय मोटरोक्सले ब्रिग्सनको नेपालका लागि आधिकारिक डिलरसिप लिएको जानकारी गराउँदै थापाले छिट्टै बस नेपाल ल्याउने जानकारी दिए । नेपाल सरकारको वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुरुप विद्युतबाट सञ्चालन हुने सार्वजनिक, निजी र पर्यटकीय तथा स्कुल बस चाँडै बजारमा आउने भएका छन् । यो बसले वातावरणलाई समेत सहज गर्ने छ । यी सवारी कम्तिमा १५ सिट देखिका माक्रोबस र ४२ सिटसम्मका बसहरु हुनेछन् । कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिग्सन कम्पनीले जनाएको छ ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरोक्सले ती बस आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराउने छ । कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा १०१८ किलोमिटर बस चलाएर विश्व कीर्तिमान बनाएको थियो । अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको ब्याट्रीमा २० वर्षको ग्यारेन्टी प्रदान गरिने हिमालय मोटरोक्सले जनाएको छ । अस्ट्रेलियाको ब्रिग्सन टेक्नोलोजीले सो विद्युतीय बस उत्पादन गरेको हो ।

jutta mela

विद्युतीय बस वातावरण अनुकूल हुने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले बताए । बसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । सामान्यतया ब्याट्रीको आयु ८ देखि १० वर्ष हुने गरेकोमा यस ब्याट्रीको आयु ४० वर्षसम्म हुने र २० वर्ष कम्पनीले ग्यारेन्टी दिने उनले बताए ।

बसले एकपटकको चार्जमा १ हजार किलोमिटर रेन्ज दिने बताउँदै हिमालय मोट्रोक्सका प्रबन्धक सौरभ थापाले नेपालको सडकमा पनि ८०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरे । जुन सामान्य अन्य विद्युतीय बसको भन्दा दोब्बर हो ।

हाल साइप्रस, चीन, कोरियामा उत्पादन हुने यो बस आगामी २ महीनामै भारतमा बन्ने र त्यहीँबाट नेपाल ल्याउने तयारी कम्पनीको छ । ब्रिग्सनले २०१५ देखि विद्युतीय बस उत्पादन शुरू गरेकोमा २०१६ देखि व्यावसायिक शुरुआत गरेको थियो । कम्पनीले बसको मूल्य भने सार्वजनिक गरेको छैन । २०२५ सम्म नेपालमै बस एसेम्बल गर्ने योजना रहेको भारतका लागि ब्रिग्सनका सिनियर एजेन्ट फिरोज खानले बताए ।

यी बसमा प्रयोग भएका इलेक्ट्रिक मोटरले १०७ बीएचपीदेखि १८७ बीएचपीसम्मको पावर प्रदान गर्छ । यसले ६ सय एनएम टर्क प्रदान गर्नेछ । यी बसमा प्रयोग भएको ब्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घण्टा लाग्ने छ ।

You might also like

Comments are closed.