चेम्बरको लेखनाथ इकाईप्रति लेउवासंघको ध्यानाकर्षण

लेखनाथ । लेखनाथ चेम्बर अफ कमर्श इकाई गठनप्रति लेखनाथ उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी इकाई गठनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘कुनै संस्थाले इकाई विस्तार गरेको खबर विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सुन्नमा आएको कुराले लेखनाथ उद्योग वाणिज्य संघको ध्यानार्कषण भएको छ,’ अध्यक्ष बलराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यद्यपि, संघद्वारा जारी विज्ञप्तिमा लेखनाथ चेम्बर अफ कमर्श इकाईको नाम भने उल्लेख गरिएको छैन । ‘उक्त इकाईसँग लेखनाथ उद्योग वाणिज्य संघको कुनै किसिमको सम्वन्ध नरहेको जानकारी गराउँदै आम उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुलाई कुनै किसिमको विचलन वा भ्रममा नपर्नुहुन’ आग्रह गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ

jutta mela

लेखनाथ उद्योग वाणिज्य संघ २०५४ सालमा स्थापना भई यहाँका उद्योगी व्यवसायीको हकहितका सवालमा समग्र एकता कायम राख्दै विभिन्न सरकारी एवं गैहे सरकारी संघ संस्थासँग हातेमालो गर्दै यस क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक लगायत सर्वाङ्गिक विकासमा अविच्छिन्न क्रियाशील संस्था रहेको कुरा सर्वविदितै छ ।

यस संघ नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर सदस्यतर्फ विभिन्न समयमा विभिन्न वर्गमा उत्कृष्ट सदस्यको रुपमा सम्मानित हुँदै गत वर्ष पनि ‘क’ वर्गमा नेपाल भरका सम्पूर्ण उद्योग वाणिज्य संघहरुमा सर्वाेकृष्ट संस्थाको रुपमा पुरस्कृत भएको संस्था हो । आफ्ना काम कर्तव्य, अधिकारप्रति पूर्ण जिम्मेवार भई अगाडि बढेको लेखनाथ उद्योग वाणिज्य संघलाई अगाध प्रेम, आस्था, विश्वास राख्नुहुने सबैसवैप्रति संघ हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछ ।

हाल यस क्षेत्रलाई नै कार्यक्षेत्र बनाएर कुनै संस्थाले इकाई विस्तार गरेको खबर विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सुन्नमा आएको कुराले लेखनाथ उद्योग वाणिज्य संघको ध्यानार्कषण भएको छ । यस अवस्थामा उक्त इकाईसँग लेखनाथ उद्योग वाणिज्य संघको कुनै किसिमको सम्वन्ध नरहेको जानकारी गराउदै आम उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुलाई कुनै किसिमको विचलन वा भ्रममा नपर्नुहुन समेत जानकारी गराइन्छ । साथै आगामी दिनमा पनि लेखनाथ उद्योग वाणिज्य संघ सदा जस्तै आफ्नो उद्देश्यमा निरन्तर अगाडि बढिरहने दृढता सहित प्रतिबद्धता व्यक्त गर्दछ ।

बलराम ढकाल
अध्यक्ष

You might also like

Comments are closed.