चेम्बर अफ कमर्स, कास्कीको यातायात विभाग गठन

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीको यातायात विभाग गठन गरिएको छ । विभागको पहिलो बैठकले अध्यक्षमा मनोज रसाइली, उपाध्यक्षमा अशोक चौधरी, महासचिवमा मदन सुनार, सचिवमा विष्णु थापा, कोषाध्यक्षमा शरद काप्mले सह–कोषाध्यक्षमा नारायण कोइरालालाई चयन गरेको छ । विभागको सदस्यहरुमा नेत्र बहादुर खत्री, टंकबहादुर कार्की, प्रेम लिम्बु र नेत्र बहादुर पुन रहेका छन् ।
विभागको सल्लाहकारमा केदार पौडेल, राम बहादुर तामाङ र सन्तोष सिग्देल रहेका छन् । ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले कोरोना भाइरसको कारणले तहसनहस भएको यातायात क्षेत्रलाई सरकारले राहत तथा पुनःस्थापनाको कार्यक्रम ल्याएर राहत दिनुपर्ने बताए । सरकारले लामो समयपछि सार्वजनिक सञ्चालन गर्न अनुमति दिनु स्वागतयोग्य भएको उल्लेख गर्दै पुर्वाधार स्वास्थ्य सतर्कता र सुरक्षा सावधानीलगायतका क्षेत्रमा आवश्यक तयारी नगरेको दावी गरे । सार्वजनिक सञ्चालनको लागि यातायात मजदुर, मेकानिक, ग्यारेजलगायत भौतिक पूर्वाधार तयार नभएको उल्लेख बताए ।

jutta mela

अध्यक्ष सुनारले वार्षिक कार्ययोजना निर्माण गरेर काम गर्न विभागलाई सुझाव दिए । पोखरा चेम्बर अफ कमर्स, कास्कीका महासचिव उमराज बास्तोलाले सबैको समन्वय र सहकार्यले यातायात क्षेत्रलाई व्यवस्थित गर्न सकिने बताए । यातायात विभागका अध्यक्ष मनोज रसाइलीले अग्रिम आयकरदेखि यातायात व्यवसायीले ८ प्रकारका कर तिर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको दावी गरे । विभागका उपाध्यक्ष अशोक चौधरीले कोरोनाले यातायात क्षेत्र सबैभन्दा बढी मारमा परेको बताए ।

You might also like

Comments are closed.