पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा उद्योगी व्यवसायीहरुको भेलाले सम्पन्न भएको छ । भेलाले पर्यटकीय क्षेत्रलाई समेटेर चेम्बरको लेकसाइड इकाई गठन गरेको छ ।
भेलाले कमल भुजेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा नवराज अधिकारी र रिना पौडेल, महासचिवमा तुलसी दाहाल, सचिवमा विश्व आचार्य, कोषध्यक्षमा विकास कंडेल, सहकोषाध्यक्षमा अर्जुन सुवेदी छन् । इकाई समितिको सदस्यहरुमा गोविन्द तिमिल्सिना, राजु सुवेदी, सुशील जिसी, शंकर गिरी, भेषराज अधिकारी, रामजी भण्डारी र राम शाह छन् ।
इकाईको सल्लाहाकारका गोपाल भुषाल, चेतभक्त सुवेदी छन् । पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले भेलाको उद्घाटनका अवसरमा बोल्दै चेम्बरले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा काम गर्ने बताए ।
उद्योग र व्यवसायको प्रवद्र्धनको लागि तीनतहको सरकारसंग हातेमालो गरेर काम गर्ने जानकारी दिदै उनले आर्थिक क्षेत्रको विकासको लागि चेम्बरले सरकारलाई नीतिगत सुझाव दिने धारणा राखे ।
वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले पोखरा महानगरको वडा नम्बर ६, १८, २३ र २४ कार्यक्षेत्र हुने गरी इकाई गठन गरेको बताए । उनले महानगरको ८ इकाई मध्ये पर्यटकीय क्षेत्रलाई समेटेर लेकसाइड इकाई गठन गरेको जनाए ।






Comments are closed.