चोरीको धनमाल सहित युवा पक्राउ

तनहुँ, १९ जेठ
तनहँुको ब्यास –१२ कमलबारी स्थित पृथ्बीराजमार्ग सडक खण्डमा चेकिङ गर्ने क्रममा चोरीको धनमाल सहित एक युवा पक्राउ परेका छन् ।

भैरहवाबाट पोखरा तर्फ आउदै गरेको लु १ ख ८३७४ नं. को बसमा आकस्मिक चेकिङ गर्ने क्रममा गोरखाको गण्डकी गाउँपालिका–२ फुर्केडाँडा बस्ने २३ बर्षका सुवास चेपाङले लिएको २ वटा झोला चेकजाँच गर्दा बिभिन्न दरका नेपाली नगद रु. ६९ हजार २सय ५० फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लिला राज लामिछानेले जानकारी दिए ।

त्यस्तै चेपाङको साथबाट डेल कम्पनीको ल्यापटप सहित चोरी अपराधमा प्रयोग हुने फलामको छिनो र पिलास समेत फेला परी बरामद गरिएको प्रहरीले जनाएको छ ।

jutta mela

बरामद चिज वस्तुको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नगद सहितको धनमाल आबुखैरेनी गाउँपालिका वडा नं. ३ मनकामना चोकमा रहेको राजन कट्टेलले संचालन गरेको कट्टेल ईन्टरप्राईजेजको सटर तोडी चोरी गरी ल्याएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

चेपाङलाई चोरी मुद्धामा जाहेरी दरखास्त लिई आजै अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहको बताइएको छ ।

You might also like

Comments are closed.