छात्रवृत्ति एवं शैक्षिक सामग्री वितरण

पोखरा, ११ मंसिर ।

लायन्स क्लब अफ पोखरा फिस्टेलले पोखरा महानगरपालिका वडा नं २४ पामे स्थित श्री पामे आधारभुत बिद्यालयमा छात्रबृति एवं शैक्षिक सामाग्री बितरण गरेको छ ।

मंगलवार बिद्यालय प्राङ्गणमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं २४ वडा अध्यक्ष ओमप्रसाद सुवेदी, बिशिष्ठ अतिथि वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापा, रिजन चेयरपर्सन खुवबहादुर बराल, जोन चेयरपर्सन टंकराज अधिकारी लगायत क्लबका पदाधिकारीहरुले बिद्यालयमा अध्ययनरत ५७ जना छात्रछात्रालाई शैक्षिक सामाग्री तथा गरिव बिपन्न तथा जेहेन्दार १० जनालाई छात्रवृत्ति बितरण गरेका थिए ।

बितरण समारोहमा प्रमुख अतिथि लायन्स क्लब अफ पोखरा अन्नपुर्णका सदस्य समेत रहेका सुवेदीले लायन्स क्लबले मानविय सेवा कार्य अन्र्तगत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई छात्रबृति एवं शैक्षिक समाग्री बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्न महत्वपुर्ण कार्य गरिरहेको बताए ।

jutta mela

कार्यक्रममका बिशेष अतिथि एवं कार्यक्रम संयोजक वडा नं १८ का बडाध्यक्ष रणबहादुर थापाले लायन्स क्लब मार्फत आफ्नै घर आँगनमा अवस्थित सामुदायिक बिद्यालयमा सेवा गर्न पाँउदा खुशी लागेको बताए ।

रिजन चेयरपर्सन खुवबहादुर बराल जोन चेयरपर्सन टंकराज अधिकारीले सामाजिक बिकासका लागि लायन्स क्लबले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको जानकारी गराए ।

क्लबका अध्यक्ष शुक्रकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पुर्व अध्यक्ष एवं डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठ, सिनियर डिष्ट्रिक्ट एड्भाईजर गोकर्ण कार्की, एड्भाईजर शान्तकुमार श्रेष्ठ, डिष्ट्रिक्ट पिआरओ बाबुराम गिरी, क्लबका प्रथम उपाध्यक्ष ज्ञानबहादुर कार्की ,सचिव पदम केसी लगाएतले सामुदायीक बिद्यालयमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

२०४२ सालमा स्थापित सो बिद्यालयमा क्लबले ८ कोठे पक्की भवन निमार्णका साथै बिगत १६ बर्ष देखि निरन्तर छात्रवृत्ति एवं शैक्षिक सामाग्री बितरण गर्दै आएको छ ।

सोहि कार्यक्रममा बिद्यालय स्थापनाकालमा भवन निमार्णको लागि निशुल्क जग्गा प्रदान गर्ने स्थानिय तारानाथ दवाडी वहाँकी धर्मपत्नि शारदा दवाडी छोराहरु पदमप्रसाद दवाडी र परमेश्वर दवाडीलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं २४ वडा अध्यक्ष ओमप्रसाद सुवेदी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद दवाडी र बिद्यालयका प्र अ खिमनाथ तिमिल्सिनाले सम्मान गरेका थिए ।

You might also like

Comments are closed.