छैटौं इक्यान शैक्षिक मेला मंसिर २६ बाट

पोखरा, ९ मंसिर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा मंसिर २६ गतेबाट छैटौं संस्करणको मेला हुन लागेको हो ।
इक्यान कास्कीको आफ्नै व्यवस्थापनमा पोखरा सभागृह हलमा मेला सञ्चालन हुने अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । मेलाको तयारी तिब्र बनाइएको उनले बताए ।

jutta mela

विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए । ‘मेला विद्यार्थी र अभिभावकका लागि निकै महत्वपूर्ण हुनेछ,’ उनले भने । मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेश व्यवस्था मिलाउने उनले जानकारी दिए ।

You might also like

Comments are closed.