जंगल रिसोर्टको मज्जा पोखरामा, यस्तो छ माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट (भिडियोसहित)

सुरेन्द्र पौडेल
पोखरा, २१ साउन । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकले जंगल रिसोर्टको मज्जा लिन सुरु गरेका छन् । जंगल रिसोर्टको झझल्को दिनेगरी पोखरामा रिसोर्ट खुलेपछि धेरैको रोजाईमा पर्न सफल भएको छ । पोखरा–२१ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो । निर्माणको सम्पूर्ण काम सकिएसँगै २ महिना अगाडिबाट रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

रिसोर्ट सुरु भएदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको सेल्स एण्ड अपरेसन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए । ‘यहाँ आउने पर्यटकलाई विशेष आतिथ्यता प्रदान गर्न सफल छौं,’ उनले भने, ‘यहाँको सेवा सुविधा तथा सौन्दर्यताले नै पर्यटकलाई आकर्षित गरिरहेको छ ।’

jutta mela

७२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको छ । रिसोर्टमा करिब एक अर्ब रुपैयाँ लगानी भएको रिसोर्टका कार्यकारी अध्यक्ष सुनिलभक्त श्रेष्ठले जानकारी दिए । ६४ वटा कोठाबाट रिसोर्टको सेवा सुरु गरेको छ । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालन आएको छ,’ उनले भने, ‘पोखरामा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न जंगल रिसोर्ट खोल्न सफल भएका छौं ।’

रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट छ । अरु सबै सुपर डिलक्स रुम छन् । पप्र्याप्त पार्किङ तथा स्विमिङ पुल छ । स्विमिङ पुल बारको सुविधा सहित रिसोर्टलाई आकर्षक डिजाइनबाट निर्माण गरिएको छ । जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाली श्रृङखला लामो रेन्जमा देख्न सकिने सञ्चालक ध्रुवबहादुर थापाले बताए ।

‘प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिन्छ,’ थापाले भने । सेती नदी र फुस्रे खोलाको संगमस्थल तथा वरपरका हरियाली जंगल तथा पहाडहरुको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरमा साइकल ट्रयाक र फुट ट्रयाक पनि निर्माण भएको छ ।

रिसोर्टमा ठूला साना गरी ४ वटा हल छन् । आन्तरिक तथा बाह्य उच्च वर्गका पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा आएको थापाले जानकारी दिए । चालु पोखरा बिमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४ किलोमिटर दुरीमा रिसोर्टस्थल पुग्न सकिन्छ । शान्त तथा पारिवारिक वातावरणमा स्तरीय होटलमा बस्न चाहने पर्यटकलाई सेवा प्रदान गर्न आफूहरु सफल भएको रिसोर्टका कार्यकारी अध्यक्ष सुनिलभक्त श्रेष्ठले बताए । सुन्दर प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरैको आकर्षण बढ्ने उनको विश्वास छ ।

केही समय पछि रिसोर्टमा लगानी विस्तार गर्ने सञ्चालकहरुको लक्ष्य छ । दोस्रो चरणमा एक सय वटा कोठाबाट रिसोर्ट सञ्चालन हुने बताइएको छ । दोस्रो चरणको काम सम्पन्न हुँदासम्म रिसोर्टमा करिब ५० करोड रुपैयाँ थप लगानी हुने बताइएको छ । रिसोर्टमा एनएमबी बैंकले बैंकिङ सहकार्य गरेको छ । रिसोर्टमा करिब एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

रिसोर्टले नेपालको स्तरीय पर्यटन प्रवद्र्धनमा टेवा पुगेको थापाले बताए । ‘पोखरा आउने पर्यटकको संख्या बढाउन र बसाईं अबधी लम्ब्याउन पनि रिसोर्टले योगदान पु¥याउने विश्वास गरेका छौं,’ थापाले भने । विभिन्न प्याकेजमा पर्यटकलाई सेवा उपलब्ध गराउन सुरु गरिएको उनले बताए । ‘पर्यटकीय नगरी पोखरामा स्तरीय रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरेका हौं,’ उनले भने । रिसोर्टमा ८ जनाको लगानी छ ।

Mountain Glory Forest Resort

‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’

Gepostet von Arthik Awaj am Mittwoch, 7. August 2019

You might also like

Comments are closed.