पोखरा । प्रवेशद्वारमा माक्स र सेनिटाईजको व्यवस्था मञ्चमा चार पाँच जना अतिथी, सामाजिक दुरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उप समितिका सदस्य तथा सल्लाहकारहरुको उपस्थीतिमा पोखरा २६ को जनप्रिय सहकारी सस्थाले १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको कहरका विच सभाहल भित्रको शान्त वातावरण, न खाना खानेको लाईन न भत्त्ता वुझनेकै ठेलठेलको दृष्य विना नै केही अतिथिहरुको उपस्थितीमा सहकारी विभागको परिपत्र अनुसार सस्थाले आफनो साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले भौतिक रुपमा सेयर सदस्यको उपस्थीति नगराई नीति र नियममा रहेर सहकारीले गरेको साधारण सभा उदाहरणीय भएको तर्क राख्दै अन्य सामाजिक संघ सस्थाहरुले पनि यसैगरि साधारण सभा गर्नु पर्नेमा जोड दिएका थिए ।
सस्थाका अध्यक्ष मुरारी बरालले भावी योजनाका वारेमा जानकारी गराउदै सवै सेयर सदस्यको साथ र सहयोगले लक्ष्य अनुसारको प्रगति गर्न सफल भएको विचार राखे । उपाध्यक्ष रविन्द्र मोहन अधिकारीले एक हप्ता लगाएर सस्थाको प्रतिवेदन सेयर सदस्यको हातमा पु¥याई संकलित सुझावका आधारमा साधारण सभा सम्पन्न गर्न सफल भएको धारणा राखे ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष खेमप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन र सचिव जगन्नाथ तिमिल्सेनाले प्रगति विविरण पेश गरेका थिए भने लेखा समितिका संयोजक रमेश रानाभाट,पुर्व संचालक समितिका सदस्य ईश्वरी प्रसाद अधिकारी,सल्लाहकार खगेन्द्रराज आचार्य,सहकारी एकिकरण उप–समितिका संयोजक बेदनाथ ढुगाना लगायतले कोरोना भाईरसका कारण कमजोर भएको अर्थतन्त्रलाई वलियो बनाउन र सेयर सदस्यको लगानीको उचित प्रतिफल दिन सहकारी सफल भएकोमा खुसी ब्यक्त गरे ।
वि.सं २०३३ सालमा स्थापना भएको सहकारीले विगत लामो समय कृषि सामग्री सुलभ पसल संचालन गरि पछिल्लो समय बचत तथा ऋणको कार्य गर्दै कुल एक हजार चार सय २२ सेयर सदस्य मार्फत ३ करोड,५९ लाख ८४ हजार ८ सय सेयर पुँजी बनाउन सफल भएको छ ।
Comments are closed.