जनरल इन्स्योरेन्सको आइपिओ, ५ लाख २१ हजारको हात खाली

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ)का लागि आवेदन दिएकाहरु मध्ये ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।

आज मंगलबार गोलाप्रथाका माध्यमबाट सार्वजनिक भएको सेयर बाँडफाँडमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज मंगलबार सेयर बाँडफाँट गरेको हो । आइपीओमा ७ लाख ९६ हजार ७ सय ३४ जनाले आवेदन दिएका थिए ।

असोज १० देखि १४ गतेसम्म कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधरणका लागि खुल्ला गरेको थियो ।

You might also like

Comments are closed.