जबरजस्ती चन्दा उठाउने २ जना पक्राउ

पोखरा।
प्रहरीले जबरजस्ती चन्दा उठाउने २ जनालाई बिहीबार पक्राउ गरेको छ । पोखरा ६ हल्लनचोकमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर घर भई काठमाडौं बस्ने रबिन के.सी भनिने ध्वजबहादुर रावत र रोल्पा घर भई काठमाडौं बस्ने रामकुमार डाँगी रहेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ,। मोवाईल सेट ४थान, १ थान मोटरसाईकल र चन्दा उठाउन प्रयोग गरिएको ने.क.पा.(बिप्लव समुह)केन्द्रीय समितिको नगदी रसिद १ थान फेला पारेको छ ।

उनिहरुभन्दा बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.