जाडो भएर आगो ताप्दा कार्कीको घर जल्यो, क्षतिको विवरण आउन बाँकी

गोबिन्द तिमिल्सिना
हेमजा, ४ माघ । पोखरा २५ हेमजामा बिहिबार राति एक घरमा आगो लागि भएको छ । राति ७ बजेतिर आगो लागेको थियो । आगो संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगो लागेको हो ।

आगो लाग्दा मानवीय क्षति नभए पनि अन्य क्षतिको बिबरण आउन बाँकी छ । स्थानीय बासीको पहलमा आगो करिब एक घण्टा पछि नियन्त्रणमा आएको थियो । नहरमा पानी भएकाले आगो नियन्त्रणमा लिन सहज भएको थियो । जाडो भएर आगो ताप्ने क्रममा आगो लागि भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

You might also like

Comments are closed.