जानकी एग्रो फार्मको दूधको बिक्री केन्द्रसहित जिरोकिलोमिटरमा खुल्यो सिटी लाइट क्याफे

आर्थिक आवाज
पोखरा, १४ पुस । पोखराको जिरोकिलोमिटरमा सिटी लाइट क्याफे एण्ड बेकरी सञ्चालनमा आएको छ । युवा व्यवसायी दीपक तिमिल्सिनाले क्याफे सञ्चालनमा ल्याएका हुन् । जानकी एग्रो फार्मबाट उत्पादित भैसीको शुद्ध दूधको बिक्री केन्द्रसहित क्याफे सञ्चालनमा ल्याइएको तिमिल्सिनाले जानकारी दिए ।

‘क्याफेबाट दूध, दही, नौनी घ्यू, पनिर, ब्रेड, केक लगायत बिक्री हुन्छ,’ उनले भने, ‘क्याफेमा अर्गानिक कफीको स्वाद पनि लिन सकिन्छ ।’ जानकी एग्रो फार्मबाट उत्पादित दूधको बिक्री केन्द्र अगाडि पोखराको रत्नचोक, सभागृहचोक, बुद्धचोक, सिद्धार्थचोक, नयाँबजारमा सञ्चालनमा छन् ।

जानकी एग्रो फार्म विजयपुर र चाउथेमा छ । फार्ममा २ सय ८० वटा भैसी रहेको तिमिल्सिनाले जानकारी दिए । ‘दैनिक १ हजार ६ सय लिटर भन्दा बढी दूध उत्पादन हुन्छ,’ उनले भने, ‘पोखरेलीलाई भैसीको शुद्ध दूध खुवाउन हामी सफल छौं ।’
प्रतिलिटर १ सय २० रुपैयाँमा दूध बिक्री भइरहेको उनले जानकारी दिए । तिमिल्सिनाले विगत ५ वर्षदेखि फार्म सञ्चालन गरिरहेका छन् । फार्मबाट करिब ५० जनाले रोजगारी पाइरहेको उनले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.