जापान जान चाहनुहुन्छ भने सेमिनारमा आउनुस् : समीर

समीर थापा मगर
प्रवन्ध निर्देशक, स्मार्ट ओपन एकेडेमी
भाइस प्रेसिडेन्ट, स्मार्ट एच.आर. सोलुसन काठमाडौं
डाइरेक्टर, आइसिएस (इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स)

नेपाल सरकार र जापान सरकारबीच श्रम सम्झौता भएसँगै वर्किङ भिजामा जापान जान चाहनेहरु नेपालमा धेरै छन् । जापान जाने लक्ष्यसहित जापानीज भाषा सिक्नेहरुको लाइन नै छ । यसैक्रममा वर्किङ भिजामा जापान जान चाहनेहरुलाई लक्षित गरी पोखरामा ‘वर्किङ इन जापान’ सेमिनार हुन लागेको छ । असार २ गते पोखरामा हुने सेमिनारका विषयमा केन्द्रित रहेर स्मार्ट ओपन एकेडेमीका प्रवन्ध निर्देशक तथा स्मार्ट एच.आर. सोलुसन काठमाडौं भाइस प्रेसिडेन्ट समीर थापा मगरसँग आर्थिक आवाजले गरेको कुराकानीः

‘वर्किङ इन जापान’ सेमिनार आयोजना गर्नुको कारण के हो ?
वर्किङ भिजामा जापान जान चाहनेहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक ‘वर्किङ इन जापान’ सेमिनार गर्न लागेका हौं । स्मार्ट एच.आर. सोलुसनको आयोजना, स्मार्ट ओपन एकेडेमी र आइसिएसको सहभागितामा असार २ गते सोमबार क्याफे दि गार्डेन चिप्लेढुंगामा सेमिनार हुनेछ । दिउसो १ बजेदेखि ४ बजेसम्म सेमिनार सञ्चालन हुन्छ । अवसरको खोजीमा रहेका, वर्किङ भिजामा जापान जान चाहना भएकाहरुका लागि सेमिनार निकै उपयोगी हुनेछ । जापानीज भाषा पढिरहेका विद्यार्थीहरु बीचमा व्याप्त अन्यौनतालाई हटाउन सेमिनार आयोजना गरिएको हो ।

jutta mela

सेमिनारका विशेषताहरु केके छन् ?
एनपिओ ग्लोबल पर्सनल सपोर्ट जापानको सहयोगमा सेमिनार हुन लागेको हो । एनपिओ ग्लोबल पर्सनल सपोर्ट जापानका प्रमुख तादाओ नाकाचुबोको उपस्थितिमा कार्यक्रम हुनेछ । वर्किङ भिजामा जापान जान चाहनेहरुले तादाओसँग प्रत्यक्ष भेटेर जिज्ञासा राख्न सक्नेछन् । सेमिनारमा सहभागीहरुले जापानीज प्रतिनिधिसँग प्रत्यक्ष भेटेर छलफल गर्नुका साथै त्यहाँको वास्तविक अवस्था बुझ्न सक्नेछन् ।

कस्ता कस्ता व्यक्तिहरु सेमिनारमा सहभागी हुन सक्छन् ?
कम्तीमा ‘एन फाइभ’ पास गरिसकेका र ‘केयरगिभर’ कक्षा लिइरहेका विद्यार्थीहरु सेमिनारमा सहभागी हुन सक्नेछन् । केयर गिभर तथा जापानीज भाषाको नयाँ एन फाइभ, एन फोर कक्षा पनि सञ्चालन भइरहेको छ । सेमिनारमा उपस्थित भएर उपयुक्त ठानिएका सहभागीहरुलाई अक्टोबरसम्ममा जापान लैजाने तयारी भइरहेको छ । असार ३ र ४ गते पोखरामा प्रि–इन्टरभ्यु समेत हुँदैछ ।

जापान जानका लागि आकर्षण कस्तो छ ?
जापान पछिल्लो समय विद्यार्थी तथा रोजगारीका लागि जान चाहनेहरुको आकर्षण बढिरहेको छ । जापान र नेपाल सरकारका बीचमा श्रम सम्झौता भएसँगै वर्किङ भिसामा जापान जानका लागि जापानीज भाषा कक्षा लिनेहरु पनि बढेका छन् । पहिला चरणमा केयर गिभर र हाउस किपिङ (सरसफाइ) सम्बन्धी जनशक्ति नेपालबाट जापान जानेछन् ।

जापानीज कम्पनीहरुसँग तपाईंहरुको सहकार्य कस्तो छ ?
केयर गिभर सम्बन्धी र सरसफाई सम्बन्धी काम गर्ने जापानका ३ वटा मेनपावर कम्पनीसँग स्मार्ट एचआर सोलुसन्सको सहकार्य सुरु भइसकेको छ । इन्टरनेशनल कलेज अफ अप्लाई साइन्समा सिप सम्बन्धी तालिमका सहकार्य भइरहेको छ । हाउस किपिङ, सर्भिसिङ, कुकिङ, केयरभिगर र कृषि सम्बन्धी तालिमहरु पनि त्यहीका कम्पनीहरुसँगको सहकार्यमा सञ्चालन भइरहेका छन् ।

You might also like

Comments are closed.