जाल्पा लघुवित्तले गर्यो कोरोना कोषमा सहयोग

पोखरा ।

जाल्पा लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशको प्रदेशस्तर कोरोना रोकथाम तथा नियन्त्रणकोषमा रकम सहयोग गरेको छ । सहयोग स्वरुप ५५ हजार रुपैयाँ प्रदान गरेको संस्थाका चिफ म्यानेजर दिवस ढकालले जानकारी दिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई वित्तीय संस्थाको तर्फबाट सञ्चालक मिन प्रसाद शर्मा भट्टराई र प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

jutta mela

संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईका लागि ३० वटा शाखा कार्यालयहरुबाट पोखरा महानगरपालिका वडा नं. ८ र ३० सहित कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र नवलपुर स्थित विभिन्न ३३ स्थानिय निकायहरुमा रू.३ लाख ४६ हजार ५ सय बरावरको खाद्य सामाग्री एवं नगद सहयोग उपलब्ध गराएको चिफ म्यानेजर ढकालले जानकारी दिए ।

सहयोग रकमले महामारी रोकथाम नियन्त्रण गर्न तथा नेपाल सरकारले गरेको बन्दाबन्दीका कारणले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरहरुलाई राहत सामाग्री वितरणमा सहयोग पुग्ने बताइएको छ । वित्तीय संस्थाका शाखा प्रबन्धकहरुले आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानिय निकायहरुमा गई निकायका प्रमुख÷उपप्रमुख÷वडाअध्यक्ष तथा प्रतिनिधीहरुलाई सहयोग रकम हस्तान्तण गरिएको थियो ।

You might also like

Comments are closed.