जीवन बिमा सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । जीवनबिमा सम्बन्धी जनचेतनामूलक भिडियो सावैजनिक भएको छ । ‘जीवन बीमा गरौं सुरक्षित रहौं’ नारासहितको तयार पारिएको भिडियो गत साता सार्वजनिक भएको हो । क्यापिटल न्यूज नेटवर्कले निर्माण गरेको बीमा सचेतनामूलक भिडियो इन्स्योरेन्स खवरको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जीवन बीमाबारे सचेतना जगाउने उद्देश्यले तयार पारिएको भिडियोले जनताका बीचमा जीवन बीमा बारे प्रचार प्रसारमा योगदान पुग्ने विश्वास गरिएको छ । क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले जीवन बीमाको महत्व जनताको बीचमा पुर्याउन भिडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सिपी पुडासैनीको लेखन तथा निर्देशन रहेको जनचेतनामूलक भिडियोमा छोरा बुहारीबाट बुढेसकालमा घरबाट निकालिएका एक बृद्ध दम्पत्तीले जीवन बीमाको रकम निकालेर नयाँ घर बनाएर सुखी जीवन बिताएको दृष्य समावेश छ ।

jutta mela

साथै बृद्धाबृद्धलाई घरबाट निकाले पनि जीवन बीमाले रक्षावरण गरेकाले उनीहरु झन् नयाँ घरमा बस्न पुग्छन र घरबाट निकाल्ने छोरा बुहारी पछुतोको आगोमा डढेर बीमाको महत्व थाहा पाई आफै बीमा गर्न जीवन बीमा कम्पनीको कार्यालयसम्म पुग्छन् । साथै बाल मष्तिस्कमा जीवन बीमाको महत्व दर्शाउन बालकलाकार शुभम पुडासैनीले प्रसंशा योग्य अभिनय गरेका छन् ।

भिडियोमा कलाकारहरु रामचन्द अधिकारी गोप्ते काजी, शारदा गिरी (काली बुढी), सिपी पुडासैनी (धतुरे), मुना नेपाल, सन्देश लामिछाने (बटारे), केशव प्रसाद भण्डारी तथा बाल कलाकार शुभम पुडासैनीको अभिनय छ ।

You might also like

Comments are closed.